
एजेन्सी । म्यानमारमा फेब्रुअरी १ को सैन्य कू पछि त्यहाँका नागरिक र सेना आमनेसामने भएका छन्। यसैबीच, फेसबुकले म्यानमारको आधिकारिक टेलिभिजन एमआरटीभी र एमआरटीभी लाइभ पेजलाई फेसबुकबाट हटाएको छ।
एक दिन अघि, च्यानलले सैन्य नियमको बिरूद्ध विरोध गर्नेहरुलाई चेतावनी दिएको थियो । यसैबीच, याङ्गुनमा सैन्य शासनको बिरूद्ध जनताले अब मिशन २२२२२ सुरु गरेका छन।

मिशन दुई पाँच के हो ?
सोमबार म्यानमारको याङ्गुन शहरमा जनताद्वारा मिशन २२२२२ शुरू गरिएको छ। यो सोमबार २२-०२-२०२१ हो । अर्थात् अभियान सुरु गरिएको मितिमा पाँचओटा दुई छन्। यसैले यसलाई दुई पाँच नाम दिइएको छ । यस दिनदेखि मानिसहरूले सम्पूर्ण देश बन्द गर्ने निर्णय गरेका छन्।
यस अभियान अन्तर्गत, मानिसहरूले अब पसल, कार्यालयहरू बन्द राख्नेछन्। काम गर्ने व्यक्तिहरूले सैन्य काम रोक्छन् र सैन्य शासनको विरोध गर्दछन्। यो प्रजातन्त्र पुनर्स्थापना नभएसम्म रहनेछ।
सेनाको चेतावनिको असर शुन्य
म्यानमारको विद्रोहको बिरूद्ध सब भन्दा ठूलो प्रदर्शनमा देशका लाखौं मानिसहरु सहभागी भएका थिए । सेनाले प्रदर्शनकारी बाहिर गएमा उनीहरूको ज्यान जोखिममा हुने चेतावनी जारी गरेको थियो । तर यसले कुनै प्रभाव देखिएन । लाखौं मानिसहरु सेनाको चेतावनिका बाबजुत पनि सडकमा प्रदर्शन गर्ने तर्फ लागे ।


अहिलेसम्म तीन व्यक्तिको मृत्यु
देशमा हालसम्म प्रदर्शनमा तीन व्यक्तिको मृत्यु भएको छ। राष्ट्रव्यापी हडतालको कारण सोमबार देशभर कारखाना, कार्यालय र पसल बन्द रहे।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्