एजेन्सी । सोमबार भएको इटालियन सिरि ‘ए’मा क्रिस्टियानो रोनाल्डोचम्किदाँ युभेन्ट्सका क्रोटोनमाथि ३–० को सहज जित भएको छ ।
रोनाल्डोको २ गोल र वेस्टर म्याकिनीले एक गोल गरेपछि युभेन्ट्स अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।

May be an image of 1 व्यक्ति तथा  standing

खेलको ३८ औं मिनेट रोनाल्डोले हेडमार्फत गोल गरेका थिए । त्यस्तै पहिलो हाफकै इन्जुरी समयमा रोनाल्डोले अर्को गोल गर्दै टोलीको अग्रतालाई दोब्बर पारेका थिए ।

May be an image of २ जना मानिसहरू, उभिएका मानिसहरू तथा  people playing football

सोमबारको २ गोलसँगै १८ गोलका साथ रोनाल्डो जारी सिजनको सर्वाधिक गोलकर्ता बनेका छन् । २३ खेलमा इन्टरको ५३, दोस्रो स्थानको एसी मिलानको ४९ अंक छ । एक खेल कम खेलेको युभेन्ट्सको ४५ अंक पुगेको छ । अंक तालिकाको पुछारमा रहेको क्रोटोनको १२ अंक छ ।

May be an image of 1 व्यक्ति तथा  playing football