
काठमाडौं । नेपाली बजारमा आज (मङ्गलवार) सुनको मूल्य बढेको छ । आज सुनको भाउ रू. १ हजार १०० ले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९० हजार १०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८९ हजारमा कारोबार भएको थियो । त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८९ हजार ६५० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ८८ हजार ५०० मा कारोबार भएको थियो ।
यस्तै, मंगलवार चाँदीको मूल्य रू. २५ ले बढेको छ । सोमवार प्रतितोला रू. एक हजार ३३५ मा कारोबार भएको चाँदी मंगलवार प्रतितोला रू. एक हजार ३६० मा कारोबार भइरहेको छ ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्