एजेन्सी । हिजोआज स्मार्टफोनसँग हाम्रो दैनिकी जोडिएको छ । हरेक कुरा स्मार्टफोनले नै निर्धारण गर्ने अहिलको अवस्थामा स्मार्टफोनका कतिपय मित्थ्या पनि सार्वजनिक भइरहेका हुन्छन् । जसलाई हामी सही भन्दै मानेर बसिरहेका हुन्छौं ।

त्यस्तै मित्थ्या स्मार्टफोनको अभिन्न अंगको रुपमा रहेको ब्याट्रीमा पनि हुने गर्छ । हामी स्मार्टफोनका ब्याट्रीका विषयमा सुनिने मित्थ्याकै कारण कतिपय गलत काम पनि गरिरहेका हुन्छौं ।

त्यसैले यहाँ हामी तपाईंहरुलाई मोबाइलको ब्याट्र सम्बन्धी केही मित्थ्याको विषयमा जानकारी दिँदैछौं ।

१. रातभर मोबाइल चार्जमा राख्नुहुन्न

यो विषय हामी धेरैले पढे सुनेको हुनुपर्छ । मोबाइल रातभर चार्जमा राख्दा ओभर फुल भएर पड्किन्छ अथावा ब्याट्री बिग्रिन्छ यस्तै यस्तै । यो मित्थ्या त्यतिबेलाको हो जति बेला मोबाइलमा निकेल आयन ब्याट्री हुन्थ्यो । भने, स्मार्टफोन पनि आजको जति स्मार्ट पनि भइसकेको थिएन् ।

तर, हिजोआज मोबाइलमा प्रयोग हुने ब्याट्री भनेको लिथियम आयम ब्याट्री प्रयोग हुने थालेको छ भने मोबाइलमा प्रयोग हुने प्रोसेसर पनि पहिलेको तुलनामा धेरै नै पावरफुल भएका छन् । मोबाइल प्रयोग हुने आर्टिफिसियल इन्टिलिजेन्स प्रविधिले एक पटक मोबाइल चार्ज फुल भएसँगै आफै चार्जलाई डिस्कनेक्ट गर्छ ।

यसको अर्थ रातभर मोबाइल चार्जमा राख्दा कुनै असर भने पर्दैन । तर, यो भन्दैमा आफु सुत्ने सिरानीसँग मोबाइल चार्जमा राख्नु भने त्यती उपयुक्त हुँदैन किन भने यदी मोबाइलमै कुनै समस्या आएर सर्टसर्किट हुन सक्छ् । त्यसैले यस्ता विषयलाई भने ध्यानमा राख्नु उपयुक्त हुनेछ ।

२. अर्काको चार्जरबाट चार्ज गर्नु हुँदैन

यो पनि हामीले धेरै सुन्दै आएको हुनुपर्छ । अर्काको मोबाइल चार्जरबाट चार्ज गर्दा मोबाइल पड्किने, चार्ज नहुने, चार्जिङ पाेर्ट बिग्रिन हुन्छ भन्ने हामीले सुनेको हुनुपर्छ । तर, यो शतप्रतिशत सही होइन ।

किनभने, यदि तपाईं सामसङको मोबाइल बोक्नुहुन्छ र साओमी, ओप्पो, भिभो लगायतका ब्राण्डको चार्जर प्रयोग गर्नुहुन्छ भने कुनै फरक पर्दैन । किनभने यी सबै ब्राण्डले आफ्नो चार्जरलाई सुरक्षाको हिसाबले मजबुत बनाएका हुन्छन् ।

तर, यदि तपाईं बजारमा सस्ताेमा पाइने लोकल ब्राण्डका चार्जर प्रयोग गर्नुहुन्छ भने यो भने तपाईंको मोबाइलको लागि केही हानिकारक हुन सक्छ । त्यसैले चार्जर प्रयोग गर्दा ब्राण्डेड प्रयोग गर्नु उपयुक्त हुनेछ ।

३. उच्च तापक्रममा मोबाइल प्रयोग गर्दा केही हुन्न

हामी धेरैलाई उच्च तापक्रममा मोबाइल चलाउँदा केही हुन्न भन्ने हुनसक्छ । किनभने स्मार्टफोन यति स्मार्ट भइसकेका छन् कि तापक्रम अनुसार उसले आफुलाई एड्जस्ट गर्छ भन्ने हामीलाई लागेको पनि हुन सक्छ । तर, यो गलत हो ।

किनभने यदि तपाईंले धेरै तापक्रम भएको ठाउँमा मोबाइल लामो समय प्रयोग गर्नुभएको खण्डमा तपाईंकाे ब्याट्री तात्तिने सम्भावना हुन्छ । ब्याट्री ओभर हिट भयो भने जे पनि हुन सक्छ । अर्काेतिर लगातार उच्च तापक्रममा चलाउनले ब्याट्री पनि सुख्खा हुन्छ, जसले गर्दा तपाईंको मोबाइलको ब्याट्रीको लाइफ घट्नेछ ।

४. ब्याट्री सकिएपछि चार्ज गर्दा मोबाइलको ब्याट्री राम्रो हुन्छ

हामीले कतै इन्टरनेटमा पढेको हुनुपर्छ कि यदि ब्याट्री पाँच प्रतिशत भन्दा कम भएपछि चार्ज गर्दा मोबाइलको ब्याट्री राम्रो हुन्छ । धेरै टिक्छ । तर, यो गलत हो ।

तपाईंले तपाईंको ब्याट्री तपाईको आवश्यक्ता अनुसार जतिबेला पनि चार्ज गर्न सक्नुहुनेछ । त्यसले कुनै असर गर्दैन । तर बुद्धिमान मान्छेले आफ्नो मोबाइलमा ४० देखि ८० प्रतिशत ब्याट्रीको वरीपरी राख्ने गर्छ । यसले ब्याट्रको आयू लामो समयसम्म टिकाउन मद्दत गर्छ ।

५. हाई वाटको चार्जरबाट ब्याट्री चार्ज गर्नुहुन्न

यो पूण रुपमा गलत हो । किनभने, यदि तपाईंको मोबाइलले १८ वाटको चार्जर सर्पोट गर्छ, तर तपाईंसँग ३० वाटको चार्जर छ भने त्यसमा कुनै शंका नमानी चार्ज गर्दा हुन्छ । किनभने, ब्राण्डेड मोबाइल र चार्जर दुवैमा सुरक्षालाई मध्यनजर गरिएको हुन्छ । जसले गर्दा उक्त चार्जरले आवश्यक वाट अनुसार नै चार्ज मोबाइलमा पठाउने हुँदा कुनै असर पर्दैन ।

६. चार्ज गर्दै मोबाइल चलाउनु हुन्न

यो त हामीले सबैले सधैं सुन्दै आएका हुन्छौ, कि मोबाइल चार्जमा राखेर चलाउनु हुन्न । किनभने, मोबाइल तातेर पड्किन सक्छ । तर, त्यो भने होइन । किनभने, मोबाइल चार्ज गर्दै चलाउँदा मोबाइल पनि निरन्तर काम गरिरहने र चार्ज पनि भइरहने हुँदा सामान्य रुपमा मोबाइल तात्नु स्वभाविक हो ।