
एजेन्सी । अमेरिकी कारागारमा आजीवन कारावासमा सजाय भोगीरहेका दुनियाको खूंखार डन अल चापोकी पत्नी एमा कोरोनेल एस्पुरोलाई अमेरिकामा पक्राउ गरिएको छ।
३१ वर्ष एमालाई कोकिन, मेथाम्फेटामाइन , हिरोइन र गाँजा वितरण गर्ने षडयन्त्रको आरोप लगाइएको छ। सिनालोआ कार्टेलका प्रमुख अल चापो हाल मुद्रा न्यून्डरिंग र लागुपदार्थ बेचबिखनको आरोपमा न्यू योर्कको जेलमा आजीवन कारावासमा छन्। अमेरिकी अधिकारीका अनुसार एल चापोको कार्टेल अमेरिकामा सबै भन्दा बढि औषधि ल्याउन जिम्मेवार थियो।
२०१९ मा अल चापोको मुद्दाको सुनुवाइको क्रममा उनको जीवनसँग सम्बन्धित स्तब्ध पार्ने कुराहरू प्रकट भएका थिए । यसमा ड्रग्स तस्करीदेखि १३ वर्षे बालिकालाई बलात्कार र पूर्व कार्टेल सदस्य र प्रतिद्वन्द्वीको सामूहिक हत्या जस्ता सम्मिलित सूचनाहरु समावेश थिए।
अमेरिकी न्याय विभागका अनुसार एमा कोरोनेल एस्पुरोलाई भिडियो कन्फरेन्सिंगको सहयोगमा वाशिंगटन डीसीको संघीय अदालतमा पेश गरिनेछ। एमामाथि ड्रग्स तस्करीसंगै २०१५ मा आफ्ना पतिलाई मेस्किोको जेलकाट छुटाउने षडयन्त्रको आरोप लगाइएको छ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्