
काठमाडौं । साताको तेस्रो दिन आज (मंगलबार) नेप्से दोहोरो अंकले घटेको छ । हिजो (सोमबार) पनि नेप्से ३२.६७ अंकले घटेर दुई हजार छ सय ७ दशमलब ६७ विन्दुमा पुगेको थियो ।
नेप्सेका अनुसार आज २१.१६ अंकले नेप्से घटेर दुई हजार पाँच सय ८६ दशमलब ५१ विन्दुमा पुगेको छ भने ८ अर्ब ५६ करोड १५ लाख बरोबरको कारोबार भएको छ । त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये आज ट्रेडिङ बाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्