काठमाडौँ । कयौँ शताब्दि पछि विश्व एकैसाथ लडाई लड्दै छ । कोरोना भाइरसको लडाई ।  चीनबाट विकसित भएको कोभिड -१९ को अदृश्य भाइरसले विश्वलाई सङ्क्रमित मात्रै गरेन  आपसी सहयोग र भाइचाराको पाठ पनि सिकायो । रोगले धनि र गरिब छुट्याउँदैन भन्ने प्रस्ट पारिदियो ।  कोभिड -१९ ले ज्यादातर धनि राष्ट्रहरु नै सिकार बन्न पुगे । यद्यपि गरिब राष्ट्रहरूलाई पनि यसले निकै च्यापेको छ ।  कोभिड -१९ को कारण धनी राष्ट्र गरिब हुँदै गैरहेको छ भने गरिब राष्ट्र झन् गरिब । विश्वको अर्थतन्त्रमा गिरावट आएको छ । कोभिड -१९ का कारण विश्वमा विकास निर्माण देखि विकासका योजनासम्म ठप्प भए जसको फलस्वरूप आज विश्व आर्थिक सङ्घर्ष गरिरहेको छ । 

यसैबिच कोरोनासँग युद्ध लड्नका लागी एक वर्षमै भ्याक्सिनको विकास भयो । विश्वका १०० भन्दा बढी देशहरुमा भ्याक्सिन अभियान सञ्चालनमा आइसकेको छ । तर असमान रुपमा । कोभिडले धनि राष्ट्र र गरिब राष्ट्र नछुटाई संक्रमण फैलिए पनि भ्याक्सिन बनेपछि भने धनि र गरिब बिचको दुरी कायम भएको छ  । कयौं धनि राष्ट्रहरु चाहिनेभन्दा बढी खोप भण्डार गरिरहेका छन् भने गरिब राष्ट्रहरु खोप कहिले पाउने भनेर कुरीरहेका छन् । 

अहिले विश्वमा धेरै मानिसहरूको एउटै प्रश्न छ, मेरो भ्याक्सिन लगाउने पालो कहिले आउँछ ? त्यहि यसको ठिक उल्टो विश्वमा कयौँ यस्ता गरिब  राष्ट्रहरू पनि छन्, जसले हाम्रो देशमा कहिले खोप आउँछ भन्ने प्रश्न गरिरहेका छन् । 

भारतलगायत विश्वका सबै धनी देशहरूमा खोप अभियान युद्धको स्तरमा धमाधम सुरु भइरहेको छ ।  तर दक्षिण अफ्रिका र एसियामा धेरै यस्ता देशहरू छन् जहाँ गरिबीका कारण खोप व्यक्तिहरूको पहुँचभन्दा बाहिर छ। यसोमा विश्व स्वास्थ्य संगठनजस्ता संस्थाहरु यो दुरीलाई मेटाउन कोसिस गरिरहेका भएपनि जबसम्म धनि राष्ट्रले खोप लगाईसक्ने छैनन् तबसम्म पाकिस्तान, बंगलादेश, भुटान, अफगानिस्तान, अफ्रिकाका जस्ता देशहरुले खोप पाउँलान् भन्ने आश शुन्यमा भएको विभिन्न अध्ययनहरुले देखाएका छन् । 

यस्तोमा प्रश्न उठ्छ कि दुनियाँमा सबैलाई सुरक्षित गराएबिनै विश्वले कोरोना जंग कसरी लड्ने ?

भारतमा हालसम्म १  करोड ११ लाख मानिसलाई कोरोनाको खोप लागेको छ  । यसैभित्र बेलायतमा पनि कोरोना भ्याक्सिन अभियानको सानदार रिजल्ट देख्नमा आएको छ । पब्लिक हेल्थ स्कटल्याण्डको रिसर्चका अनुसार कोरोना भ्याक्सिन लगाएको चार हप्ता भित्र अस्पतालमा भर्ना हुने मानिसहरूको सङ्ख्यामा गिरावट आएको छ । रिसर्चका अनुसार फाइजर भ्याक्सिनको प्रभावले ८४ प्रतिशत, अक्स्फर्ड एस्ट्राजेनेका भ्याक्सिनको ९४ प्रतिशतसम्मको प्रभावले कोरोनाका घटनाहरु कम भएका छन् । 

त्यस्तै इजरायलमा पनि फाइजर भाइरस लगाइसकेपछि कोरोनाबाट अस्पताल भर्ना हुने र मृत्यु हुने व्यक्तिमा ९६ प्रतिशतसम्म कमि आएको छ । जसको कारण त्यहाँ लगाइएको प्रतिबन्धहरू क्रमशः घटाइएको छ  । 

यसैबिच विश्व स्वास्थ्य संगठनले भारत र दक्षिण कोरियामा बनेको एस्ट्राजेनेका कोभिड १९ भ्याक्सिनलाई आपतकालिन प्रयोग गर्न अनुमति दिएको छ  । यसले दुनियाँको गरिब देशहरूलाई कोभ्याक्स कार्यक्रम अन्तर्गत भ्याक्सिन उपलब्ध गराउन मद्दत मिल्दछ । कोभ्याक्स अन्तर्गत यही महिनाको अन्तिममा डब्लुएचओले विश्वका कयौँ गरिब राष्ट्रलाई खोप प्रदान गर्नेछ । कोभ्याक्स मार्फत दुनियाँभरमा यो वर्षको अन्तिमसम्ममा दुई अरब भन्दा बढी मानिसलाई भ्याक्सिनको डोज दिने अनुमान लगाइएको छ । 

कोभ्याक्सद्धारा गरिब देशको उद्धार 

कोरोनाको भ्याक्सिन अभियान दुनियाँभरमा जारी छन् । तर भाइरसमाथि लगाम लगाउन धनी  मुलुक देखि गरिब मुलुकसम्मले समान रूपमा खोप पाउनु जरुरी छ । जसलाई विश्व स्वास्थ्य सङ्गठनको एक कार्यक्रम कोभ्याक्सले सम्भव पार्नेछ । कोभ्याक्स दुनियाँका सबै देशमा खोप  पुर्याउने एक कार्यक्रम हो । धनी मुलुकहरू भ्याक्सिन आवश्यकभन्दा बढी जम्मा गरिरहेको आशङ्का पछि कोभ्याक्सको योजना बनाइएको हो । त्यसैले कोभ्याक्सले विभिन्न दाताहरूको सहयोगमा २०२१ को अन्त्यसम्म २ अरब डोज खोप बाँड्ने लक्ष्य लिएको छ । यहाँबाट दिइने खोप प्राय गरिब देशलाई मिल्नेछ । गरिब देशमा २७ प्रतिशत मानिसमा खोप लगाउने कोभ्याक्सको लक्ष्य रहेको छ । 

तर यो कसरी ?

कोभ्याक्सको अगुवाइ डब्लुएचओ र दोस्रो अन्तर्राष्ट्रिय संगठनहरु गरिरहेका छन् । १८० भन्दा गरिब र धनी मुलुकहरू यसमा जोडिएका छन् । यहाँबाट  गरिब देशलाई कोरोना विरुद्धको भ्याक्सिन निशुल्क दिइनेछ । डब्लुएचओका अनुसार दुनियाँको ७० प्रतिशत मानिस हरुलाई खोप लगाइसकेपछि मात्रै कोरोना नियन्त्रण गर्न सकिन्छ । तर कोभ्याक्सले मात्रै खोप प्रदान गर्दा दुनियाँबाट कोरोनाको नियन्त्रण हुन वर्षौ लाग्नेछ । 

सोही कारण कोभ्याक्सको अनुसार ज्यादा  खतरामा रहेका व्यक्तिलाई सबैभन्दा पहिले खोप लगाउन आवश्यक  छ । दिनहुँ विश्वभर देखिरहेका भाइरसका नयाँ भेरियन्ट केहि खोपको प्रभावलाई कम असर गर्ने सक्नेछन् ।  डब्लुएचओ  प्रमुख डब्लुएचओ प्रमुख टेड्रोस एडनोम गेब्रेयेसुसका अनुसार यो सुविधा कुनै दान होइन, हामी (विश्व) सँगै तैरिनु  या डुब्नु आवश्यक छ । उनले कोभिड भ्याक्सिन वितरणको भेदभावलाई लिएर चेतावनी पनि दिएका थिए । उनले धनी देशका युवाहरूलाई खोप दिनुभन्दा गरिब देशमा सङ्क्रमणमा उच्च जोखिम रहेका मानिसमा खोप दिनुपर्ने बताएका थिए । 

डब्लुएचओ प्रमुख टेड्रोस एडनोम गेब्रेयेसुस भन्छन्, 

दुनियाँ नैतिक हारको बिचमा खडा भएको छ र यसको मूल्य दुनियाँको सबैभन्दा गरिब मुलुकका मानिसको जीवनबाट चुकाउनुपर्दछ । केहि खोप उत्पादन गर्ने कम्पनीहरू सिधै विश्वका धनी देशहरूसँग सम्झौता गरिरहेका छन् । जसको कारण विश्वमा कसले कति कोरोना खोप पाउने भन्ने होड पनि चलिरहेको छ । 

भाइरस र भ्याक्सिनबिचको नयाँ रेस 

दुनियाँमा कोरोना भाइरस र भ्याक्सिनको बिच अब एक नयाँ रेस सुरु भएको छ । अर्थात् कोरोनाको नयाँ भेरियन्टको  खतरा र त्यसलाई हराउने वैज्ञानिकको कोसिस ।  यसको नतिजा जे हुन्छ त्यसले दुनियाँभरको मानिसको जीवनमा गहिरो असर पर्दछ । बेलायत जस्तो देशमा जहाँको ज्यादातर आवादिको यही वर्ष कोरोना खोप लाग्छ त्यहीँ दोस्रो गरिब देशलाई खोप लगाइसक्न अझै वर्षौ कुर्नुपर्ने छ । 

भ्याक्सिन कार्यक्रम प्रमुख डा. चार्लू वेलर भन्छिन्, यो पुरै दुनियाँमा फैलिएको भाइरस वैश्विक महामारी हो । जबसम्म हामी सुरक्षित हुँदैनौं तबसम्म विभिन्न देशमा यसका नयाँ प्रकारहरू उत्पत्ति भैराख्ने र बनेका भ्याक्सिनले तीमाथि काम नगर्ने हुन सक्छन् । 

जसलाई खोप लगाइसकेको छन्, तिनलाई पनि भविष्यमा गएर कोरोनाको नयाँ भेरियन्टको खतरा बनिरहने  उनको भनाई छ । 

खोप वितरणमा पनि असमानता 

डब्ल्यूएचओ विश्वभर कोरोनाको खोप समान रूपमा वितरित गर्न कोसिस गर्दै छ। डब्ल्यूएचओका अनुसार गरिब र धनी देशहरूबिच   खोपहरूको वितरणमा असमानताको ठुलो अवरोध साबित भएको छ । 

साथै, डब्ल्यूएचओको धनी देशहरूले आफ्ना बुढापाका र स्वास्थ्यकर्मीहरूलाई पहिलो खोप दिएपछि  युवा र स्वस्थ वयस्कलाई पनि खोप दिइदैंछ ।  जसले गर्दा गरिब देशमा खोप अभाव भई त्यहाँका  स्वास्थ्यकर्मी र गरिब वृद्ध जनताले समेत खोप लिन पाएका छैनन् । उदाहरणका लागी अमेरिका, बेलायतजस्ता धनी देशहरूले खतरामा नरहेका व्यक्ति जस्तै युवा, वयस्क र निरोगीलाई पनि खोप लगाइदिई रहेका छन् । जसको कारण विश्वमा खोपको सटेज भयो र अफ्रिका, एसियाका गरिब मुलुकहरूले भने आफ्ना स्वास्थ्यकर्मी, वृद्धलाई समेत खोप लगाउन पाएका छैनन् ।

धनी देशले खोप ओगटे 

क्यानडाले हरेक नागरिकलाई पाँच पटकसम्म लगाउन पुग्ने गरी खोप अर्डर गरेको दाबी गरेको छ।

धनी देशले सम्पूर्ण जनसङ्ख्याको १४ प्रतिशत ओगट्छन् तर अहिलेसम्म बन्ने भनेका खोपको ५३ प्रतिशत उनीहरूले किनिसकेका छन्। अक्सफ्यामकी स्वास्थ्य नीति व्यवस्थापक आना म्यारिओटले भनिन् , जीवन रक्षा गर्ने खोप कुनै मुलुकमा जन्मेकै कारण वा खल्तीमा कम पैसा भएका कारण लिनबाट कसैलाई पनि वञ्चित पारिन हुँदैन ।

तर केही कुरा नाटकीय रूपमा परिवर्तन नभएसम्म संसारभर रहेका अर्बौ मानिसले कैयौँ वर्षसम्म कोभिड-१९को खोप लगाउन पाउने छैनन्।

द पीपल्स भ्याक्सिन अलाइअन्सले सबै औषधी उत्पादनकर्ताहरूलाई उनीहरूको प्रविधि र स्वामित्व अधिकार हस्तान्तरण गर्न आग्रह गरेका छन्। त्यसो भयो भने मात्र जसलाई चाहिन्छ उसले पाउने गरी खोप उत्पादन गर्न सकिने उनीहरूको भनाइ छ।

त्यो डब्लूएचओ मार्फत गर्न सकिने उनीहरूले बताएका छन्।

अक्सफर्ड विश्वविद्यालयले बनाएको खोप उत्पादन गरिरहेको एस्ट्राजेनेकाले गैर नाफामूलक तरिकाले विकासशील मुलुकलाई आफ्नो खोप उपलब्ध गराउने बताएको छ।

यो अन्य खोप भन्दा सस्तो छ र सामान्य फ्रिजको तापक्रममा भण्डारण गर्न सकिन्छ त्यसैले संसारभर वितरण गर्न सहज हुने बताइएको छ।

तर अभियानकर्ताहरूले एउटा मात्र कम्पनीले सारा संसारका लागि आवश्यक खोप उत्पादन गर्न नसक्ने तर्क गरेका छन्।  फाइजर बायोएनटेक खोपले युकेमा अनुमति पाइसकेको छ र सबभन्दा जोखिममा रहेकाहरूलाई यसै सातादेखि खोप दिन सुरु गरिएको छ। अमेरिका र युरोपका अन्य मुलुकमा पनि यसले छिटै अनुमति पाउने सम्भावना छ। त्यसैले गरिब राष्ट्रमा पुग्न समय लाग्ने देखिन्छ।

मोडेर्ना र अक्सफर्ड एस्ट्राजेनेकाले केही मुलुकहरूमा नियामकहरूबाट अनुमति कुरिरहेका छन्। रुसी खोप स्पुटनिकले पनि परीक्षण परिणाम सकारात्मक आएको बताएको छ।

त्यसै गरी चार वटा अन्य खोप पनि क्लिनिकल परीक्षणको अन्तिम चरणमा रहेको बताइएको छ।

नेपालमा कोरोना खोप कहिले सम्म 

वरिष्ठ चिकित्सक रवीन्द्र पाण्डेका अनुसार नेपालमा खोप अभियान २०२१ सम्ममा सकिनेछ । हाल भारतले अनुदानमा दिएको खोप नेपालले लगाउँदै छ भने सरकाले भारतबाटै २० लाख कोरोना खोप खरिद गरिसकेको छ  । त्यस्तै चीनले पनि पाँच लाख खोप दिने तयारी गरिरहेको छ भने कोभ्याक्स अन्तर्गतको खोप नेपालमा जम्मा २० प्रतिशत जनताले पाउनेछन् । यसोमा सरकारले जम्मा ३० लाखलाई  मात्रै खोप किन्नुपर्ने हुन्छ । सोही कारण पनि नेपालले खोप पाउन त्यत्ति सास्ती खेप्नु नपर्ने डा पाण्डेको ठहर छ ।