काठमाडौं । संखुवासभाको चैनपुर नगरपालिका– ७ जिरोप्वाइन्टस्थित पेट्रोल पम्पमा आगलागी भएको छ । मंगलबार करिब १२ बजेतिर ट्यांकरबाट पेट्रोल अनलोड गर्दा एक्कासी आगलागी भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार पम्पमा एक्कासी आगलागी हुँदा चैनपुर– ६ निवासी कर्मचारी ३७ वर्षीय सविन कर्माचार्य सामान्य घाइते भएका छन् भने नजिकै रहेको क्लिनिक र शुभ होटेलमा सामान्य क्षति भएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।