काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुन:अदालतलाई चेतावनि दिएका छन् । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले संसद पुनःस्थापना भयो भने के हुन्छ त्यो अदालतलाई पनि थाहा होला भन्ने धम्कि दिएका छन् ।

उनले भने, ‘ सर्वोच्च अदालतबाट जस्तोसुकै परिस्थिति आएपनि स्वीकार गर्छु भन्नु रक्षात्मक भयो भनिन्छ। तर संसद पुनःस्थापना भयो भने के हुन्छ त्यो अदालतलाई पनि थाहा छ।’ साथै उनले काल्पनिक रुपमै संसद् पुनस्थापना भएपनि प्रचण्ड, माधवजी हल बाँधेर आफैकहाँ आउन बेर आउन नभएको बताएका छन् ।

उनले भने,‘ संसद पुनःस्थापना भयो भने यहाँ के हुन्छ भन्दा प्रचण्डजी र माधवजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्नुहुन्छ। कहिले उत्तर त कहिले दक्षिणतिर लाग्नुहुनेछ। के उहाँहरुको प्रधानमन्त्री हुने सम्भावना छरु एकभन्दा पनि तलतल प्रतिशत छैन। प्रधानमन्त्री खोज्दा खोज्दै नपाएपछि अन्तममा मैसँग आउन बेरसमेत लगाउनुहुन्न।’