काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन पुनस्थापना गर्ने निर्णय गरेको छ ।

सर्वोच्चको पैmसलापछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसला जनताको पक्षमा आएको बताएका छन्।

अध्यक्ष दाहालले अदालतको फैसलाले नेपाली जनताको जित भएको बताए । ‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो’, प्रचण्डले भने, ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाई’।