काठमाडौ । आज प्रधानमन्त्री केपी शर्मा ओलीको ७० औं बर्थ्डे । तर उनको बर्थ्डेमा सर्वोच्च अदालतले निकै ठुलो गिफ्ट दिएको छ । अर्थात् संसद् पुनःस्थापना । प्रधानमन्त्री ओलीले गत पुसको पाँच गते प्रतिनिधिमण्डल भंग गरेका थिए । यसैबिच थुप्रै आन्दोलन भए । नागरिक समाजदेखी विभिन्न राजनितिक दलहरु ओलीको कदम प्रतिगमन भन्दै सडक उत्रिए । ओलीको कदमले नेपालमा राजनितिक रुपमा निकै हलचल मच्चियो ।

अदालतमा विघटन विरुद्ध परेका दर्जर्नौ मुद्धामा सुनुवाइृका लागी संवैधानिक इजलासदेखी एमिकस क्युरीसम्म खडा गरियो । यसैबिच थूप्रैले प्रधानमन्त्री ओली र अदालतका बिच सेटिङ हुनसक्ने अड्कल काटे । तर आज लामो सुनुवाई पछि अन्ततः संसद् पुन स्थापना भयो । पुनः स्थापना लगत्तै सामाजिक संजाल पनि तातेको छ । धेरै प्रयोगकर्ताले ओलीको कदम गलत भएको ठहर गर्दै अदालतको निर्णयलाई स्वागत गरेका छन् ।

त्यो भन्दा पनि आज ओलीको जन्मदिनकै दिन आफूले त्यत्ति विश्वास गरेर भंग गरेको संसद् पुन स्थापना भएपछि संजालमा पनि ओलीको बर्थ्डे गिफ्ट भन्दै टिप्पणी गरेका छन् ।

यसैसन्दर्भमा संजालमा केहि प्रतिक्रिया