काठमाडौं । नेकपाकी नेतृ रामकुमारी झाँक्रीले संसद् पुनर्स्थापनाले स्वेच्छाचारी तानाशाही कदमको अन्त्य भएको बताएकी छन्।

नेतृ झाँक्रीले सामािजक सञ्जालमार्फत संवैधानिक कदम सच्याउन, लोकतन्त्र र संविधानको रक्षाका लागि संसद् पुनर्स्थापना अनिवार्य भएको बताएकि छिन् ।

उनले लेखेकि छिन्, ‘स्वेच्छाचारी शासकको असंवैधानिक कदम सच्याउन, लोकतन्त्र र संविधानको रक्षाका लागि संसद् पुनर्स्थापना अनिवार्य थियो,’ उनले लेखेकी छन्, ‘यो पुनर्स्थापनाले स्वेच्छाचारी तानाशाही कदमको अन्त्यसँगै समग्र जनताको सम्मान गरेको छ।’