चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा संकटकाल लाग्दैन, लागे पनि एक महिनामै फिर्ता  हुने बताएका छन् ।

सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरे सरकारले संकटकाल लगाउने चर्चा चलेको सन्दर्भमा प्रचण्डले भने, ‘लाग्दैन संकटकाल, लागे पनि एक महिनामा फिर्ता हुन्छ ।’

संसद पुनर्स्थापना भयो भने आन्दोलन गर्छौं भनेर प्रधानमन्त्रीले भन्नु पराजित मानसिकताको उपज भएको प्रचण्डले बताए । यसबाट उनले गलत गरेका रैछन् भन्ने सावित भइसकेको प्रचण्डको भनाइ छ । संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि देशले निकास पाउने उनको दावी छ ।