काठमाडौं । मंगलबार साँझको ५ : ५६ बजे सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई उल्ट्यायो । अदालतको यो फैसलाले आम जनतामा निकै खुसीयाली छायो । सडकमा नागरिकहरु खुसीको मुद्रामा देखिएका थिए । सडकमा सबैको मुखमा प्रतिनिधि सभा पुन: स्थापना भयो अरे भन्ने कुराले महत्व पाइरहेको थियो ।

सोही क्रममा काठमाडौंका विभिन्न सडकमा यस्तै दृश्यहरु देखिए । पुरानो बानेश्वरको सडकमा तीनजना नागरिकबीच सडकमा भेट हुन्छ । उनीहरुले एकअर्कामा आजको समाचार के छ भनेर कुराकानी गर्छन् । सोही कुराकानीका क्रममा उनीहरुबीच अदालतले गरेको फैसलाको कुरा हुन्छ । एकछिनपछिको उनीहरुको भेटपछि उनीहरु छुटछन् । र एकजना वृद्ध र युवक खुसी हुदै बाटो लाग्छन् । ती वृद्ध युवकलाई खुसी हुँदै भन्दै थिए, ‘ मैले अस्ति नै भनेको होइन, प्रतिनिधिसभा पुन: स्थापना हुन्छ भनेर !’

सडकमा यो आवाज सामान्य मात्र हो । कतिपयले यसको खुसीयालीमा दिप प्रज्वलन पनि गरिएको थियो । त्यति मात्रै होइन सडकमै केही नागरिकहरुले अबिरको टीका लगाएका थिए । देशमा न्याय नमरेको भन्दै नागरिकहरु खुसीयाली मनाइरहेका थिए ।