काठमाडौँँ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन्। सामाजिक सञ्जालमार्फत थापाले प्रधानमन्त्रीले प्रतिनिधिसभाकाे सामना गरेर नै फैसला कार्यान्वयन गर्ने उल्लेख गरेका छन् ।

अदालतको फैसला विवादस्पद भएनि त्यसलाई मानेर अघि बढ्ने र यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित भएको उनले जिकिर गरेका छन् ।

‘सर्वाेच्च अदालतले गरेकाे फैसला विवादास्पद छ, तर मान्नुपर्छ। र, कार्यान्वयन गर्नुपर्छ। यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित छ। यसबाट राजनीतिक समस्याहरूकाे कुनै हल हुने अवस्था पनि छैन  बरू अस्थिरता अझै बढ्ने छ। सत्ताकाे खेल बढ्नेछ’, थापाले लेखेका छन्,‘प्रधानमन्त्रीले प्रतिनिधिसभाकाे सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन।’

मंंगलबार सर्वोच्चले प्रधानमन्त्री ओलीले पुस पाँचमा गरेको प्रतिनिधिसभा विघटनलाई बदर गरेको थियो । त्यसलगत्तै प्रधानमन्त्रीलाई विपक्षीलगायत विभिन्न स्थानबाट राजीनामा माग गरिदैँँ आएको छ ।