
काठमाडौं । प्रतिनिधि सभा पुनःस्थापनाको फैसलासँगै आज प्रचण्ड नेपाल पक्ष र नेपाली कांग्रेस बिच छलफल हुने भएको छ । कांग्रेस सभापति शेर बहादुर देउवाको अनुसार चितवनमा रहेका प्रचण्ड र नेपाल काठमाडौं फर्कनासाथ छलफल तय भएको छ ।
सचिवालयका अनुसार संसद् पुनःस्थापनापछि कसरी मिलेर अघि बढ्ने भन्ने सम्बन्धमा छलफल हुने बताइएको छ । संसद् विघटनपछि ओलीसँग नजिकिएका देउवाले अदालतको फैसलापछि प्रचण्ड नेपालसंगको भेटलाई निकै चासोको साथ हेरिएको छ ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्