काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा ओली समूहको स्थायी समिति बैठक सुरु भएको छ।

नेकपाको स्थायी समिति बैठक सुरु भएको नेता सुवास नेम्वाङले जानकारी दिए। संसद विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेपछिको अवस्थाबारे छलफल गर्नका लागि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाएका हुन्।

बैठकमा नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा‘बादल’, नेम्वाङ लगायत सहभागी छन्। बालुवाटारमा पत्रकारहरुलाई प्रवेश दिइएको छैन। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते गरेको संसद विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्चले मंगलबार बदर गरेको थियो।