
काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पनि बुधबार दिउँसो २ बजे स्थायी समिति बैठक बोलाएको छ।
नेकपाले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे स्थायी समिति बैठक बोलाइएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई मंगलबार सर्वोच्च अदालतले बदर गरेपछि नेकपाको स्थायी समिति बैठक बस्न लागेको हो।
प्रधानमन्त्री ओली नेतृत्वको नेकपाको स्थायी समिति बैठक पनि प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। त्यस्तै प्रचण्ड नेपाल समूहले अपरानह ४ बजे संसदीय दलको बैठक समेत बोलाएको छ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउन सक्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्