सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरिदिएसँगै हाल सबैको नजर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि छ। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै त्यसका विरुद्ध उभिने निर्णय गरेको कांग्रेस त्यसपछिका दिनमा भने सामान्य आन्दोलन गरेर आफ्नो हैसियत परीक्षण गर्दै नेकपाका दुवै समूहसँग बराबर देखियो । दुई ध्रुवमा बाँडिएको नेकपामा कांग्रेस सभापति देउवाको महत्व उत्तिकै देखिएको छ। तर, देउवाले भने आफु कतातिर खुल्ने भनेर संकेतसम्म गरेका छैनन्। उनले निर्वाचनमा जोड दिए पनि प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै आएका थिए । यसकै कारण पनि कांग्रेसमा संस्थापन र संस्थापनइतरबीच ध्रुवीकरणसमेत बढेको थियो । तर, सर्वोच्चको फैसलाबाट प्रतिनिधिसभा पुनःस्थापित भएपछि कांग्रेस सभापति देउवा फेरि एकपटक राजनीतिको केन्द्रमा आएका छन् ।

यता सभापति देवालाई प्रधानमन्त्री ओलीले अबको प्रधानमन्त्री बन्न प्रस्ताव गरिसकेका छन् भने उता प्रचण्ड–नेपाल समूहले पनि प्रधानमन्त्री वा अन्य कुरालाई लिएर सत्ता गठबन्धनमा सामेल हुन उनीसँग वार्ता बसेका छन्।

प्रतिनिधिसभा पुनस्थापनासँगै नेकपाका दुई खेमा मिल्ने सम्भावना अतिनै न्यून छ। यसो हुँदा कुनै एक खेमाले सरकार बनाउँदा कांग्रेसको सहयोग चाहिन्छ। या त कांग्रेसको नेतृत्वमा सरकार बनाउनुको विकल्प रहने छैन। केही समययता नेकपाका प्रचण्ड र माधव नेपाल समुहले सार्वजनिक रुपमै संसद पुनर्स्थापना भएपछि कांग्रेस सभापतिको नेतृत्वमा सरकार बनाउन आफूहरु तयार रहेको बताउँदै आएका छन्। उनीहरुले देउवालाई भेटेर भावी प्रधानमन्त्रीको प्रस्ताव नै गरेको समाचार सार्वजनिक भएको थियो। यद्यपि देउवाले पार्टीको बैठकमा त्यसको खण्डन गरेका थिए।

अबको परिस्थिति जसरी अघि बढे पनि कांग्रेस सभापतिलाई फाइदा नै पुग्ने आकलन गरिएको छ। संसद पुनर्स्थापनापछि नेकपाका दुईमध्ये एक समूहसँग मिलेर देउवा प्रधानमन्त्री बन्ने, त्यसले पार्टी महाधिवेशनमा पनि फाइदा हुन सक्ने र पुनः सभापतिमा सहजै जित्न सक्ने उनीनिकट नेताहरुको बुझाइ छ।

अबको प्रधानमन्त्री को ? यस्तो छ अङ्कगणित

प्रतिनिधिसभा पुनस्र्थापना भएपछि नयाँं सरकार बनाउनका लागि संसदमा अंक गणितको खेल सुरु भएको छ। नयाँं सरकार बनाउन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस निर्णायक देखिएको छ ।

त्यस्तै संसदमा भएको अंकगणित अनुसार नेकपाका १७३ संसाद मध्य ९३ जना नेपाल दाहालका पक्षमा छन् भने ओली पक्षमा ८० छन् । नेपाली कांग्रेससंग संसदमा ६१ साँसद छन् । ‘नेपाली कांग्रेस र दाहाल नेपाल मिल्दा १५४ हुन्छ । १ सय ३८ भए सामन्य बहुमत पुग्नेमा यो संख्या त्यो भन्दा बढि हो। नेकपाको दाहाल नेपाल पक्षलार्ई सरकार बनाउन थप ४५ सांसद चाहिन्छ ।

जनता समाजवादीसंग ३४ सांसद छन् । स्वतन्त्र ३ सांसद छन। तिनले पनि नेपाल दाहाललाई समर्थन गरेको खण्डमा उनीहरुलाई सरकार बनाउन थप ८ संसादको अवश्यकता पर्छ ।

नेकपा दाहाल नेपाल पक्षले प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा अगाडि सारेको छ। तर समीकरण मिलाउदा माधवकुमार नेपाल समेत प्रधानमन्त्रीका लागि उम्मेदवार हुन सक्छन् ।

नेपाली कांग्रेसले अहिलेका राष्ट्रपति कायम राख्ने शर्तमा सरकार बनाउन कसरत गरेको बताईएको छ। त्यसो हुँदा देउवा प्रधानमन्त्री बन्ने छन् । प्रतिनिधिसभा पुनस्र्थापना भएपछि शक्तिका आधारमा ओली पक्षबाट नेपाल दाहाल पक्षमा १० संसाद थपिए भने जनता समाजवादी र नेपाल दाहाल पक्ष मिले सरकार बनाउन सक्छन् ।