एजेन्सी । चीनको अदालत (डिभोर्स कोर्ट) ले यस्तो ऐतिहासिक निर्णय गरेको छ, जुन विश्वभर महिलाका लागि आदर्श मोडेल मान्न सकिन्छ। चीनको डिभोर्स अदालतले एक जना मानिसलाई आफ्नी पत्नीलाई ५ वर्षसम्म गरेको घरेलु कामको लागि पूर्ण रूपमा भुक्तानी तिर्न आदेश दिएको छ ।

अर्थात् चीनमा एउटा त्यस्तो केस आयो जहाँ महिला सम्बन्धविच्छेद गर्न चाहँदैनथिन् तर श्रीमानले जिद्दी गरेपछि सम्बन्धविच्छेद भयो । तर त्यहाँको अदालतले भने महिलाको पक्षमा फैसला सुनाउँदै उक्त पुरुषलाई घरमा पाँच वर्षसम्म गरेको कामको क्षतिपूर्ति तिर्न लगाएको छ ।

क्षतिपूर्ति तिर्न निर्णयलाई अदालतको सकारात्मक कदमका रूपमा हेरिएको छ । उही समयमा, केही व्यक्तिले क्षतिपूर्तिको रूपमा दिएको पैसा एकदम कम भएको महसुस गरे। चीनको सम्बन्धविच्छेद अदालतले एक महिलाको मर्जी विना डिभोर्स चाहेमा उनको विवाहको ५ वर्षमा गरेको घरेलु कामको बदलामा ७ हजार ७ सय डलर क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिएको छ।

यस विषयमा चीनमा एक अनलाइन बहस पनि भएको थियो । कसैको भनाइमा अदालतको फैसला सही दिशामा रहेको छ तर क्षतिपूर्तिको रकम भने उचित छैन।

नयाँ कानून के हो ?
यो नयाँ कानून बमोजिम, सम्बन्ध विच्छेतअघि महिला, बच्चा, बुढापाका र आफन्तहरूको हेरचाह गर्दा सम्पूर्ण घरको काम गरेकोमा क्षतिपूर्ति दिने कुरा गरिएको छ। विशेष गरी सम्बन्धविच्छेदको अवस्थामा हालसम्म चीनमा अदालतले महिलाको पक्षमा क्षतिपूर्तिको कुनै खास महत्त्व दिएको थिएन ।