
काठमाडौं । आफूमाथि दुरव्यवहार गर्ने अभिनेता पल शाहले लिखित माफी माग्नुपर्ने नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले बताएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै घटनाको जानकारी सहित उक्त माग राखेका हुन् ।
पलले मान्छेहरु बोलाएर आफूमाथि हात हालेको बताएका अध्यक्ष प्रधानले अभिनेता पलले माफी नमागे प्रदेश नम्बर १ भरि उनको फिल्म चल्न नदिने चेतावनी समेत दिएका छन् । प्रधानले शाहको दुरव्यवहारविरुद्ध इलाका प्रहरी कार्यालय धरानकामा उजूरी समेत दर्ता गराएका छन् । उजूरीको बिषयमा छलफलका लागि प्रहरीले पललाई आज शुक्रबार बोलाएको छ ।
पल म्युजिक भिडियो सुटिङका लागि केही दिन अगाडि धरान पुगेका थिए । एक म्युजिक भिडियोको सुटिङका लागि अहिले धरान पुगेका पलको निर्देशनमा उनका सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आक्रमण गरेको प्रधानले आरोप लगाएका छन् ।


जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउन सक्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्