हिन्दी सिनेमा जगतको आकर्षण पुरै विश्वमै प्रख्यात छ । बलिउड सिने जगत् हरेक कलाकारको सपना हुन्छ । तर त्यो जगत् जति तामझाम र रमाइलो जस्तो देखिन्छ । त्यत्तिकै खतरनाक र रहस्यमय पनि छ । हिन्दी चलचित्र जगत्मा थुप्रै कलाकारहरू आउँछन्, एक छिन रमाउँछन् र गुमनाम हुन्छन् ।

निकै कम कलाकार मात्रै टिकेका हुन्छन् भने उत्तिकै छाउका पनि हुन्छन् । यसैबिच हिन्दी सिने क्षेत्रमा एक कलाका। उदाए सुशान्त सिंह राजपूत निकै सङ्घर्ष गरे र अस्ताए । कारण आत्महत्या र भारतीय सञ्चार माध्यमलाई आधार मान्दा डिप्रेसन पनि । तर यर्थाथ अझै पनि गुमनाम छ । 

त्यस्तै बलिउडमा सुशान्तजस्ता अन्य थुप्रै चर्चित स्टारहरू छन् जो उदाउन नपाउँदै विभिन्न कारणले अस्ताए । कसैको कारण पत्ता लाग्यो भने कसैको मृत्युको कारण अझै पनि रहस्य नै छ । 

सुुशान्तसिंह राजपूत 

सुशांत सिंह राजपूत को कब मिलेगा न्याय? मौत पर जो सवाल 14 जून को थे वही

केदारनाथ, छिछोरे, ड्राइभ लगायत धेरै फिल्ममा शान्दार अभिनय गरेका सुशान्त ३४ वर्षको उमेरमा संसार छाडेर गए । १४ जुनमा बान्द्रास्थित आफ्नो अपार्टमेन्टमा डोरीमा झुन्डिएर उनले आत्महत्या गरेका थिए । सुशान्तको मृत्युपछि भारतमा बलिउडविरुद्ध ठूलै प्रदर्शनबाजी भयो । विशेषगरी, बलिउडमा नातावाद हाबी भएकाले नयाँ कलाकारले क्षमताअनुसारको काम पाउन नसकेको विरोधीहरुको तर्क थियो । आफ्नो क्षमताअनुसार काम देखाउन नपाएपछि डिप्रेसनमा परेर सुशान्तले आत्महत्या गरेको उनीहरुको आरोप थियो । छानविनका क्रममा सुशान्तले ड्रग्स लिने गरेको खुलासा भयो । यसपछि नारकोटिक्स कन्ट्रोल ब्युुरोले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीसहित अन्य ठूला सेलिब्रेटीलाई ड्रग्स सेवनको आरोपमा हिरासतमा लियो ।

जिया खान 

documentary on jiah khan death: ऐक्ट्रेस जिया खान डेथ केस पर बनने जा रही है  डॉक्युमेंट्री - a documentary series on the death case of late bollywood  actress jiah khan | Navbharat Times

गजनी, निशब्द र हाउसफुलजस्ता फिल्ममा काम गरिसकेकी जिया खानले ३ जुन २०१३ मा जुहुस्थित आफ्नो घरमा आत्महत्या गरेकी थिइन् । उनको घरमा केही सुुसाइड नोट पनि भेटिएको थियो । जहाँ, प्रेमी आदित्य पन्चोलीले धोका दिएको उल्लेख थियो । सुुसाइड नोटमा लापरवाहीपूर्वक गर्भपतन गराएको विषय पनि लेखिएको थियो ।

प्रत्युुष बेनर्जी 

आखिर मौत से पहले प्रत्युषा बनर्जी ने किससे कहा...हम कुछ कह न सके? | Kamya  Punjabi's film on Pratyusha Banerjee RELEASED! - Hindi Oneindia

बालिका बधुमा आनन्दीको भूमिका निभाउने प्रत्युुषा बेनजीले आफ्नो घरमै डोरीमा झुुन्डिएर आत्महत्या गरिन् । उनी त्यतिबेला केवल २५ वर्षकी थिइन् । उनी अभिनेता राहुल राज सिंहसँग प्रेम सम्बन्धमा थिइन् र आत्महत्या गर्नभन्दा केहीअघि उनले राहुललाई मार्ने धम्की पनि दिएकी थिइन् ।

तरुणी सचदेव 

जन्मदिन के दिन ही अलविदा कह गयी थी 'रसना गर्ल '

रसना गर्ल नामले चिनिएकै तरुणी सचदेवले केवल १४ वर्षको उमेरमै सांसर छाडिन् । उनले बाल कलाकारका रुपमा प्रसिद्धी पाएकी थिइन् । २००९ मा प्रदर्शित अमिताभ बच्चन अभिनित ‘पा’ फिल्मले उनलाई चर्चामा ल्याएको थियो । सन् २०१४ मा आफ्नो १४ औं जन्मदिन मनाउन नेपालको जोमसोम आएकी सचदेवको भ्रमणका क्रममा अग्नी एयरको फ्लाइट दुर्घटना हुँदा निधन भयो ।

मनमीत ग्रेवाल

लॉकडाउन में काम न मिलने की वजह से इस एक्टर ने की आत्महत्या, बढ़ते क़र्ज़ से  थे परेशान

टेलिभिजन उद्योगका चर्चित अनुहार मनमीत ग्रेवालले १५ मेइमा आफ्नो घरमै फासी लगाएर आत्महत्या गरे । आर्थिक समस्याले हैरान भएर उनले यस्तो गलत निर्णय लिएको हुनसक्ने अनुमान गरिएको छ । मिडिया रिपोर्टस् अनुसार लकडाउनका दौरान सुटिङ बन्द थियो र उनीसँग कुनै काम थिएन ।

मधुुबाला

सबसे सुंदर... मधुबाला

मुुगल ए आजम र कमलजस्ता चर्चित फिल्ममा काम गरेर प्रसिद्धी हासिल गरेकी मधुुबाला निकै कम उमेरमै यस दुुनियाँबाट बिदा भइन् । ३६ वर्षको उमेरमै मुटुु सम्बन्धी रोगबाट उनको निधन भएको थियो । मधुुबालाले १९४२ मा प्रदर्शनमा आएको फिल्म ‘वसन्त’ मार्फत बालकलाकारका रुपमा अभिनय सुरु गरेकी थिइन् ।

विभिन्न एजेन्सीहरु