काठमाडौँ । संसद् पुन:स्थापना पछि सबैभन्दा खुसी र गर्भान्वित महसुस गर्ने व्यक्तिहरू मध्ये पुष्प कमल दाहाल ‘प्रचण्ड’ शीर्ष स्थानमा पर्छन् । संसद्को विघटन भएकै दिन देखी पुन स्थापनाका लागी सदनबाट सडक ओर्लिएका प्रचण्ड अदालतको फैसला पछि भुँइमा खुट्टो राखेको छैनन् भन्ने टिप्पणी ओली समूहका नेताहरूले गरिरहेका छन् ।

संसद्को पुनस्थापनासंगै विभाजित नेकपाको प्रचण्ड-नेपाल समूह ओलीलाई सत्ताबाट फालेर नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)संग मिलेर सरकार गठन गर्ने तम्सिसकेको छ । तर संसद् स्थापना गर्ने अदालतले फैसला सुनाएको आज चार दिनमा टेक्दा प्रचण्ड भने एक अन्तरवार्ताका कारण विवादमा परेका छन् ।

कारण प्रचण्डको भारत भक्ति वा मोह । उनले शुक्रवार चर्चित पत्रकार ऋषि धमलालाई दिएको अन्तरवार्तामा भनेका केहि वाक्यहरूले उनि भारत भक्त भएको प्रस्ट पारेको छ ।

उनले भनेका भनाई यस्तो थियो :

‘यहाँ कोही कसैका विरुद्ध षड्यन्त्र होइन यो, ती शक्ति मिल्दा नै देशमा राजनीतिक स्थायित्वको वातावरण बन्ने भयो र इतिहासले जसलाई अगाडि बढ भनेको हो तिनै अघि बढ्नुपर्‍यो । त्यसो भएर मेरो भनाइ नेपाली काँग्रेस, हामी र जनता समाजवादी पार्टी मिलेर जाँदा देशको राजनीति चेक एन्ड ब्यालेन्स पनि हुन्छ, सन्तुलनमा पनि बस्छ ।

सबै छिमेकीहरूसँगको सम्बन्ध राम्रो भएर पनि जान्छ । भारतसँग पनि चीनसँग पनि राम्रो सन्तुलन हुन्छ । अझ भारतसँगको हाम्रो जुन विशिष्ट सम्बन्ध छ, इतिहास, भूगोल, संस्कृति, धर्म–परम्परा, अर्थतन्त्र, पानी ढलो, खुला सिमाना सबै कारणले भारतसँग राम्रो समझदारी नबनाइकन पनि नेपालमा स्थायित्व विकास त हुँदैन । त्यसरी हेर्दा म के देख्छु भने नेपाली काँग्रेस, हामी र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतको निम्ति पनि कम्फर्टेबल समीकरण हो । चीनको लागि पनि यो कम्फर्टेबल नै हुन्छ । यति राम्रो सम्भावना अहिले छ, यो सम्भावनामा जानुपर्‍यो भनेर मैले भनेको छु । फेरि आत्म समीक्षासहित भनेको छु, यो नै सबैको हितमा छ भन्ने मेरो भनाइ हो ।

हिजो गणतन्त्रको आन्दोलन गर्दा असम्भव कुरा हो भन्ने केपी ओली, हिजो माओवादीलाई पनि शान्ति प्रक्रियामा ल्याउने सकारात्मक वातावरण बनाउनुपर्छ भनेर बामदेव गौतम र युवराज ज्ञवाली रोल्पा जानु भयो– म र बाबुराम थियौँ अब हामी मिलेर जाने भनियो । त्यो भन्नेलाई कारबाही गर्नुपर्छ भन्ने केपी ओली, समानुपातिक समावेशी हुनुहुँदैन भन्ने केपी ओली, हिजो गणतन्त्रको आन्दोलनको नेता त माधव कुमार नेपाल हो नि । हामी सबै सँगै छौँ, नेपाली काँग्रेसको नेता गिरिजाप्रसाद कोइरालाले हिजो साहस गरेर पहल नलिएको भए शान्ति सम्झौता हुन गाह्रो थियो । सात दलको नेताको हैसियतले उहाँले भूमिका खेल्नु भयो । शान्ति सम्झौतामा दुई नेताले हस्ताक्षर गरियो । त्यो सबै शक्ति त हामी एकै ठाउँमा छौँ नि १ यी शक्ति मिल्नुपर्‍यो भन्या हो ।’

भारतसँग नेपालको सम्बन्धलाई सुमधुर बनाउनु पर्छ । आपसी विश्वासको धरातलमा उठाउनुपर्छ भन्ने मान्यतामा, ५–७ वर्षदेखि लगातार छु । भारतसँग राम्रो समझदारी नबनाइकन नेपालमा विकास, समृद्धि र स्थायित्वमा चुनौती हुन्छ भन्ने कन्भिक्सनका साथ भनेको छु।

यो बीचमा जति मेरो भारतमा भ्रमण हुँदा, नेताहरूसँग भेट्दा मैले त्यही कुरा भनेको छु । कताकता प्रचण्डले भन्याजस्तो गर्न सकेन भन्ने कुरा पनि परेको हुनसक्छ । तर मेरो भनाइ के छ भने मैले कुनै अर्को मनसायले गरेको छैन । मैले कति बेला के गर्न सकेँ, कति बेला गर्न सकिनँ त्यो हाम्रो आन्तरिक मामिला हो । हाम्रो पार्टीको आन्तरिक मामिला पनि हो । मैले कसैलाई अविश्वास पैदा होस् भनेर गरेको छैन । भारतप्रति नकारात्मक सोच राखेर मैले केही पनि गरेको छैन । मैले छिमेकीहरूसँग राम्रो सम्बन्ध हुनुपर्छ, भारतसँग पनि चीनसँग पनि भनेको छु, तर भारतसँगको सम्बन्ध विशिष्ट छ ।

हाम्रो इतिहासले, भूगोलले, संस्कृतिले परम्पराले, धर्मले, अर्थतन्त्रले, पानीढलाले भारतसँगको सम्बन्धलाई राम्रो बनाउनुपर्छ भन्ने डिक्टेक्ट गरेकै छ । तर भारतले म जस्तो मान्छेलाई जसले शान्ति र लोकतन्त्रको निम्ति यत्रो योगदान गर्‍यो अविश्वास हुन्छ भन्ने लाग्दैन ।
नेपालमा मलाई बेलाबेला मान्छेहरूले बेस्सरी गाली गर्छन् तर अन्तिममा नेता त उही हो भन्छन् । भारतीय जनताले पनि मलाई माया गर्छन् । भारतभरि नै प्रचण्ड राम्ररी जनताको तहमै चिनिन्छ, त्यहाँको मिडिया, बुद्धिजीवी र आमजनताले पनि प्रचण्डलाई सबभन्दा बढी चिन्छन् र माया गर्छन् । किनभने शान्ति ल्यायो ।

अब प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद्मा भाषण गर्दा ‘युद्धबाट बुद्धतिर’ ‘युद्धबाट शान्तितिर’ तपाईँहरूले ठुलो काम गर्नुभयो भनेर जो भाषण गर्नुभयो मैले बुझेको छु, उहाँले त्यो मलाई नै भन्नु भएको हो । मेरो बारेमा र नेपालको बारेमा उहाँले संयुक्त राष्ट्र सङ्घको अधिवेशनमा बोल्नुभयो–नेपालको शान्ति विश्वकै लागि एउटा उदाहरण हो भन्ने स्प्रिटमा बोल्नुभयो । लालकिल्लाबाट पनि उहाँले हाम्रो बारेमा बोल्नुभयो भने उहाँले मलाई कसरी अविस्वास गर्न सक्नुहुन्छ रु म कल्पना पनि गर्न सक्दिनँ ।

एउटा, असल मित्र र छिमेकीको रूपमा कहिँकतै अलिअलि बादल र तुवाँलो लागेको छ भने पनि क्षणभरमै त्यो तुवाँलो फाटिन्छ, बादल हट्छ उज्यालो हुन्छ । हामी एकअर्कामा भारतीय, कन्सर्न, चासो चिन्तालाई हामीले सकेसम्म छिमेकीको हैसियतले सम्बोधन गर्ने र हाम्रो चिन्ता र चासोलाई पनि भारतले सकेसम्म सम्बोधन गर्ने र यो सम्बन्ध फेरि विकसित हुन्छ भन्ने म विश्वास गर्छु ।’

यो अभिव्यक्त सुनेपछि ओली समूहका साइबर सेनालाई भने ‘के खोज्छस् कानो आँखो’ जस्तै भएको छ । धेरै मानिसहरु प्रचण्डको भारतप्रतिको भक्त देखेर आक्रोसित बनेका छन् । सीमा विवाद र सगरमाथा काण्डपछि भारतसंग झनै आक्रोसित बनेका जनताहरू प्रचण्डको यस्तो अभिव्यक्ति आएपछि उनको राष्ट्रियतामाथि नै चोटिल प्रहार गर्ने थालेका छन् ।

प्रचण्ड विशेष ‘काँग्रेस, हामी र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतका निम्ति पनि योभन्दा कम्फर्टेबल समीकरण हुँदैन’ भन्ने वाक्यांशले विवादमा तानिएका हुन् । उनलाई कतिपयले पहिलै भारतको गुलाम भन्ने ट्याक पनि दिएका छन् । तर उनको उक्त वाक्यांशले भने पुष्टि नै भएको छ ।

प्रचण्डले भारतीय हस्तक्षेप निम्त्याए

१३/१४ वर्ष अघि विभिन्न पत्रपत्रिकाको हेडलाइनमा माओवादीले सार्वभौमिकता अचानक दिल्लीलाई सुम्पेको लेख्ने गर्दथे । प्रचण्डले खुलेआम वैदेशिक हस्तक्षेप निम्त्याएका पुष्टि थुप्रै पत्रकारहरूले लेखिसकेका छन् । तर प्रचण्डले भने ती सबैलाई वेवास्ता गर्दै राष्ट्रवादी छवि बनाएर माधवकुमार नेपाल गठबन्धनलाई प्रचण्डले भारतको नोकर भनेर जिस्काएका थिए ।

तत्कालीन माओवादी उपाध्यक्ष प्रकाशले पनि भारतसँगको सम्बन्धबारे जनसमक्ष जाने भन्ने खुलासा गरेका थिए । ओली समूहमा लागी सकेका राम बहादुर थापा बादलले भारतको माओवादीलाई साईजमा ल्याउने भारतीय षडयन्त्र विरुद्ध लड्ने घोषणा समेत गरेका थिए ।

कतिपय राजनीतिक विश्लेषकहरू प्रचण्ड भारतमै हुर्किएका जस्ता टिप्पणीहरू समेत गर्छन् । एक सीमाविद् भन्छन्, सिधै दिल्ली बाट निर्देशित भएर प्रचण्डले काम गरेका हुन् भन्ने प्रस्ट हुँदै छ, तब त उनले नेपाल भारत शान्ति सम्झौता रद्द गर्ने पहल जस्ता कुराहरू अघि बढाउन सकेनन् ।

तसर्थ संसद् विघटनपछि पनि प्रचण्डले आफ्ना भाषणमा पटक पटक अन्तर्राष्ट्रिय समूहहरू पनि गुहारेका थिए । उनि चाहान्थें विघटनलाई लिएर नेपालप्रति केहि कडा बन्दियोस् वा केहि बोली दियोस् । तर नभन्दै अदालतको स्वविवेकले संसद् पुनस्थापना भयो र अब प्रचण्ड भारतलाई कम्फर्टेबल पार्ने समीकरण गर्नेतर्फ लागेका छन् ।

यही विषयलाई जोड्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरू निकै आक्रोसमा आएका छन् । पटक पटक छोटे भाइको दर्जा दिदैं आएको भारतलाई कम्फर्टेबल पार्ने प्रचण्डले गरिरहेको समिकरणमा जनताहरुले खुलेर विरोध गरेका छन् ।

एक प्रयोग कर्ता लेख्छन्, ‘एक व्यक्तिको कम्फर्टेबल हुने लोभले देश र जनता अत्यन्तै अनकम्फर्टेबल भएका छन् ।’

त्यस्तै अर्को एक प्रचण्डको भनाई लाई व्यङ्ग्य गर्दै स्थायी समिति सदस्य भीम रावललाई मेन्सन गरेर प्रश्न सोध्छन्, यो कम्फर्टेबल सरकार चाहिँ कहिले बन्छ त सर ?

कतिपयले त उनको अभिव्यक्ति पनि संसद् विघटनजस्तै प्रतिगा्रमी भएको तर्क समेत राखेका छन् । एक प्रयोगकर्ता लेख्छन्, प्रचण्डको ‘कम्फर्ट’वाला भनाइ ओलीको संसद विघटनभन्दा ‘प्रतिगामी’ छ ।  लौ जति नै गाली गर्नुस्,! ुकम्फर्ट’वाला भनाइमा चाहिँ तटस्थ हुन सकिएन । 
जवाफमा – हिजो ओलीले  ुरअ’का प्रमुख भेट्दा नि ?  नभन्नुस् है प्लिजु, झनै लाज हुन्छ ! 

सामाजिक संजालमा प्रचण्डको अभिव्यक्ति भाइरल भएपछि आएका थप केहि प्रतिक्रिया