
काठमाडौं । धुमुर्स सुन्तली फाउन्डेसनले चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको खर्च विवरण पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका छन् । फाउण्डेसनले सोमबार अहिलेसम्मको आयव्यय सार्वजनिक गर्दा अझै पनि थप रकम जुटाउन सकस परिरहेको निष्कर्ष निकालेको छ ।
आज सार्वजनिक गरिएको विवरण अनुसार रंगशालाको ३० प्रतिशत काम सम्पन्न गरेको र ११ करोड भन्दाबढी फाउन्डेसन उधारोमा परेको अध्यक्ष सीताराम कट्टेलले दावि गरेका छन् । उनले रंगशालामात्र ठड्ने नभएर हरेक नेपालीको मन, चाहना र इच्छाशक्ति ठडिने बताउँदै रंगशाला निर्माण अभियानमा सरकारले पनि सहयोग गर्नुपर्ने ठहर गरेका छन् ।
यस्तो छ, खर्च विवरण
रंगशाला निर्माणको कुल लागत डीपीआर रिपोर्ट आइसकेपछि कुल ३ अर्ब ५५ करोड रहेको छ । २०७७ सम्ममा परियोजनका लागि ३२ करोड ३० लाख २४ हजार ३ सय ५४ रुपैयाँ ८० पैसा मात्र सङ्कलन भएको फाउन्डेसनले सार्वजनिक विवरणमा बताइएको छ ।
रगंशालाको निर्माणमा हालसम्म ४३ करोड ४८ लाख ६ हजार ३ सय ८२ रुपैयाँ २३ पैसा खर्च भएको छ । भने ११ करोड १७ लाख ८२ हजार २७ रुपैयाँ ४३ पैसा ऋण रहेकाले अपेक्षित रुपमा निर्माण कार्य अघि बढाउन नसकिएको अवस्था भएको अध्यक्ष कट्टेले जानकारी दिएका छन् ।
एक लाख सहयोग गरे कुर्सीमै नाम
फाउण्डेसनले ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ नामक अभियानको थालनि गर्न लागेको पनि जनाएको छ । यस अभियानमा प्रत्येक व्यक्ति, संस्था र समूहले आआफ्नो नाम वा परिवारको साथै अन्यको नाममा कुर्सीमा नाम लेखाउन सक्ने छन् । फाउन्डेसनले ‘हाम्रो रंगशाला मेरो कुर्सी’ मा जोडिने दाताले आफ्नो जिल्ला अन्तर्गत रहेको सिट लिन सक्ने व्यवस्था गरिएको जनाएको छ ।
त्यस्तै यस अभियान अन्तर्गत दाताहरुले सहयोग गरेमा अबको १८ महिना भित्रमा रगंशाला बनिसक्ने फाउन्डेसनको दावी रहेको छ ।


जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्