काठमाडौं । सरकारका प्रवक्ता तथा संचारमन्त्री पनर्वत गुरुङले सर्वोच्चको फैसलाले प्रधानामन्त्रीलाई राजीनामा दिनबाट रोकेको बताएका छन् । उनले मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उक्त कुरा बताएका हुन् । गुरुङले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी शान्तिपूर्ण राजनीतिमा आउने प्रक्रियामा रहेको बताए। ‘कुनै पनि हिंसात्मक गतिविधि नगरौ भन्ने नेपाल सरकारको आह्वान हो, सबै मूलधारमा आउनुपर्छ,’ उनले भने, ‘विप्लव पार्टी पनि शान्तिपूर्ण राजनीतिमा आउने प्रक्रियामा छ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा मन्त्रिपरिषद बैठकले नेपाल न्याय सेवा सरकारी वकिल समूह, राजपत्रांकित द्धितिय श्रेणी अर्थात सहसचिव सरहका कृष्ण प्रसाद पुडासैनीलाई राजपत्रांकित प्रथम श्रेणी अर्थात सचिवमा बढुवा गरेको हो।

यस्ता छन् मन्त्रिपरिषद्‌को मुख्य निर्णयहरु