काठमाडौँ । विश्वव्यापी रूपमा, शून्य भेदभाव दिवस (जिरो डिस्क्रिमिनेसन डे) मार्च १ मा मनाइन्छ। वास्तवमा यो  दिवस महिला र किशोरीमाथि हुने विश्वव्यापी  भेदभाव र असमानतालाई चुनौती दिन मनाइन्छ । डिस्क्रिमिनेशन डेको विश्वव्यापी प्रतीक पुतली हो । यहीँ सामाजिक संजालमा विश्वभरका मानिसहरूले आफ्नो फोटामा पुतलीहरू देखाएर यस दिनलाई मनाउने गर्दछन्  । यो दिवस मनाउने प्रचलन सन् २०१४ देखि सुरु भएको थियो । 


नेपालमा यो दिन त्यत्ति प्रसिद्ध नभए पनि विश्वभरका महिलाहरूले भने यो सामाजिक संजालमा निकै उल्लासका साथ मनाउँछन् ।  त्यस्तै संयुक्त राष्ट्र एड्स कार्यक्रम  द्वारा पनि  शून्य भेदभाव दिवस मनाइन्छ।  यो एड्स कार्यक्रमसँग पनि जोडिएको छ किनकि  एड्सको उन्मूलनका लागि महिला विरुद्ध हुने भेदभावविरुद्ध लड्न आवश्यक भएको संयुक्त राष्ट्रसंघको विश्वास छ । 


यस वर्ष जिरो डिस्क्रिमिनेशन डेको विषयवस्तु, आय, उमेर, स्वास्थ्य स्थिति, पेसा, अशक्तता, यौन उत्पीडन, लागू औषध प्रयोग, पहिचान, जाति, वर्ग, जाति र धार्मिकताको आधारमा असमानता समाप्त गर्न तत्काल कारबाही आवश्यक रहेको राखिएको छ । 

जागरूकता बढाउन नेपालमा पनि जरुरी 

विश्वमा प्रत्येक तीन महिला मध्ये एक महिला हिंसाको एक प्रकारको सामना गर्दै हुन्छिन् । संयुक्त राष्ट्रका अनुसार विश्वमा ५० प्रतिशत भन्दा बढी महिलाले उनीहरू विरुद्ध हिंसाको रिपोर्ट गरेका छन्। त्यस कारण, यो दिन नेपालमा पनि जागरूकता बढाउनको लागि महत्त्वपूर्ण छ।  शून्य भेदभाव दिवसलाई उनीहरूको उमेर, लिंग, कामुकता, राष्ट्रियता, जातीय र रंगको पर्बाह नगरी सबैका अधिकारहरूलाई प्रोत्साहित गर्न र मार्क गर्नको लागि मनाइन्छ । 
यस दिनलाई मनाउने उद्देश्य महिला र बालीकाको सम्मान, शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरमा समानता बिना जीवनको बाँच्ने अधिकारको लागि आवाज उठाउनु हो। 

यही सन्दर्भमा विश्वभरका सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि  डिस्क्रिमिनेशन डे मनाएका छन् । केहि उदाहरण यस्ता छन् :