काठमाडौं । निर्वाचन आयोगका आयुक्तहरुले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकताको विवाद दुई दिनभित्र सल्टाउने बताएका छन् । प्रचण्ड-नेपाल पक्षले आधिकारिकता दाबी गरेको एक महिना पुग्न लाग्दा आयोगले निर्णय गर्ने तयारीमा जुटेको हो ।

सर्वोच्चको फैसलापछि निर्वाचन आयोगलाई पनि नेकपा आधिकारीता टुङ्ग्याउन दवाव परेको छ । निर्वाचन आयुक्तहरुबीच छलफल चलिरहेको हुँदा दुई तीनदिनभित्र ‘नेकपा कस्को’ भन्ने छिनोफानो हुने आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् ।

प्रचण्ड-नेपाल समूहले गत माघ २० गते राजनीतिक दलको दफा ४४ अनुसार आधिकारिकता दाबी गरेको थियो । भने अर्को ओली समूहले पनि पार्टी आधिकारिकता आफ्नो भएको बताउँदै आएको छ ।