नेकपा आधिकारिकताको विवाद दुई दिनभित्रै सल्टाउने निर्वाचन आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगका आयुक्तहरुले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकताको विवाद दुई दिनभित्र सल्टाउने बताएका छन् । प्रचण्ड-नेपाल पक्षले आधिकारिकता दाबी गरेको एक महिना पुग्न लाग्दा आयोगले निर्णय गर्ने तयारीमा जुटेको हो ।

सर्वोच्चको फैसलाले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोकेको छ : सरकार

सरकारले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिनबाट रोकेको निष्कर्ष निकालेको छ । संचारमन्त्री तथा सरकारका प्रवक्ता समेत रहेका पर्वत गुरुङले नियमितको पत्रकार सम्मेलनमा फैसलाको सार पढ्दै उक्त भनाई राखेका हुन् ।

प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव अघि नबढाउने

विभाजित नेकपाको प्रचण्ड नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वास प्रस्ताव यो संसद् अधिवेशनमा अघि नबढाउने बताएका छन् । कांग्रेस, जसपा लगायका दलहरुसँग छलफल गरेर मात्रै सो प्रस्तावलाई अघि बढाउने सोहि समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

म्यानमारमा सैन्य कू : सेनाले अन्धाधुन्ध गोली चलाउँदा १८ जनाको मृत्यु, ३० घाइते

म्यानमारको याङ्गुन शहरमा सुरक्षा सेनाले अन्धाधुन्ध गोली चलाएर प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिइएको छ । उक्त घटनामा १८ जना मारिएका छन् भने ३० जना घाइते भएका छन् । संयुक्त राष्ट्रस संघिय मानवअधिकार कार्यालयले म्यानमारका विभिन्न शहरहरुको नाम उल्लेख गर्दै याङ्गुन, दवई, मन्डले, म्याक, बागो र पोकोक्कुमा प्रदर्शनकारीको भिडमा गोली चल्दा १८ जनाको मृत्यु भएको जनाएको छ ।

यस्ता छन् मन्त्रीपरिषद्का मुख्य निर्णयहरु

सरकारका प्रवक्ता तथा संचारमन्त्री पनर्वत गुरुङले सर्वोच्चको फैसलाले प्रधानामन्त्रीलाई राजीनामा दिनबाट रोकेको बताएका छन् । उनले मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उक्त कुरा बताएका हुन् । गुरुङले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी शान्तिपूर्ण राजनीतिमा आउने प्रक्रियामा रहेको बताए। ‘कुनै पनि हिंसात्मक गतिविधि नगरौ भन्ने नेपाल सरकारको आह्वान हो, सबै मूलधारमा आउनुपर्छ,’ उनले भने, ‘विप्लव पार्टी पनि शान्तिपूर्ण राजनीतिमा आउने प्रक्रियामा छ।’

सातै वटा प्रदेशमा चार्जिङ स्टेशन निर्माण हुँदै, ६० करोड खर्च लाग्ने अनुमान

मुलुकका सातै वटा प्रदेशमा ५/५ वटासहित देशभर कूल ५० चार्जिङ स्टेशन निर्माणका लागि प्रक्रिया अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणले उल्लेख गरेको छ ।
चार्जिङ स्टेशनको माग बढेसंगै प्राधिकरणले कामको थालनी अघि बढेको थियो । स्टेशन निर्माणका लागि एशियाली विकास बैंकले आर्थिक सहयोग गर्ने भएको छ ।

सातै वटा प्रदेशमा चार्जिङ स्टेशन निर्माण हुँदै, ६० करोड खर्च लाग्ने अनुमान

मुलुकका सातै वटा प्रदेशमा ५/५ वटासहित देशभर कूल ५० चार्जिङ स्टेशन निर्माणका लागि प्रक्रिया अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणले उल्लेख गरेको छ ।
चार्जिङ स्टेशनको माग बढेसंगै प्राधिकरणले कामको थालनी अघि बढेको थियो । स्टेशन निर्माणका लागि एशियाली विकास बैंकले आर्थिक सहयोग गर्ने भएको छ ।

ममाथि शारीरिक हमला वा मेरो ज्यान तलमाथि भइहाल्यो भने अनौठो नमान्नुहोला : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ज्यान तलमाथि वा शारिरिक हमला भएमा अनौठो नमान्न आग्रह गरेका छन् । उनले पोखरामा गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेलालाई सम्बोन गर्दै भने, ‘तपाईंहरू अनौठो नमान्नुहोला, ‘यदी ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भने अनौठो नमान्नुहोला।’

परराष्ट्र मन्त्रालयका १० थान पूराना सवारी साधन बिक्रीमा

परराष्ट्र मन्त्रालयका १० थान पूराना सवारी साधन बिक्री हुने भएका छन् । लिलामी बिक्री सोझै वार्ताद्धारा हुने भएकाले इच्छुक व्यक्ति, फर्म वा संस्थाले सूचना प्रकाशित भएको सोह्रौ दिन मध्यान्ह १२ बजेभित्र मन्त्रालयको सामान्य प्रशासन महाशाखामा सम्पर्क गर्नुपर्ने बताइएको छ ।

चीनद्वारा नेपाललाई थप ८ लाख डोज खोप उपलब्ध गराउने घोषणा

चीनले नेपाललाई कोभिड-१९ विरुद्ध थप आठलाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

चिनियाँ दुतावासले सोमबार विज्ञप्ती जारी गर्दै थप सहुलियत अनुदानमा खोप दिने बताएको हो ।

यसअघि चीनले नेपाललाई पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो । चीनको प्रतिवद्धताअनुसार नेपालले १३ लाख डोज सिनोफार्म खोप प्राप्त गर्नेछ ।

सेनिटाइजर खाँदा एकैदिन २ जनाको मृत्यु

सेनिटाइजर सेवनका कारण विराटनगरमा एकैदिन दुईजनाको मृत्यु भएको छ । कोसी अस्पताल विराटनगरमा उपचारका क्रममा एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।

४० अंकले बढ्यो नेप्से, चन्द्रागिरि हिल्सको मूल्य सबैभन्दा धेरै

सोमबार सेयर बजारको परिसूचक नेप्से ४० अंकले बढेको छ। सो अंकको वृद्धिपछि नेप्से २५१५ अंकमा कायम भएको छ।