
काठमाडौं । नेपाली सेनाको ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ बुधबार (फागुन १९) देखि सुरु हुने भएको छ ।
फागुन २७ गते हुन गइरहेको महाशिवरात्री तथा सेना दिवसको पूर्व सन्ध्यामा विगत वर्ष सरह जंगी अड्डामा तीन दिवसीय ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ संचालन हुन लागेको सेनाले जनाएको छ । सो सम्मेलनमा पृतनापतिहरुबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थिति प्रतिवेदन प्रस्तुत हुनेछ ।
यस्तै, जंगी अड्डाका महानिर्देशनालय र विभागीय प्रमुखहरुबाट आन्तरिक सुदृढिकरणको क्षेत्रमा भए गरेका कार्यहरुका बारेमा प्रस्तुतीकरण एवं छलफल हुने कार्यक्रम रहेको छ ।


जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउन सक्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्