काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले भुमिगत रुपमा शसस्त्र लडाँई गर्दै आएका नेकपाकै एक प्रतिबन्धित विप्लव समूहसंग सरकारले वार्ता गर्नुलाई सकारात्मक भएको अभिव्यक्ति दिएको छ । सरकारले मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा विप्लव समूहसंग वार्ता समिति टोली गठन गरेको थियो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै कांग्रेस सबै समस्याको समाधान वार्ता, संवादबाट गर्नु पर्ने मान्यतामा दृढ रहँदै आएको बताएका छन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधि भित्र रहि समाधान खोज्ने छन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएको छ ।’