काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यसपाली रासायनिक मलको अभाव नहुने भएकाले ढुक्क रहन बताएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्री पद्मा अर्यालले अहिलेदेखि आगामी असार, साउन र भदौसम्मका लागि किसानले मल पाउने अवस्था बनेको दाबी गरेकि छिन् ।

१ लाख मेट्रिक टन मल वितरण भइसकेको बताउँदै मन्त्री अर्यालले २ लाख ७२ हजार मेट्रिक टन मल स्टकमा‌रहेको र २ लाख ६९ हजार बाटोमा आइ रहेका र त्यो आउने निश्चित रहेको बताइन् ।

उनले अगामी वर्षदेखि रसायनिक मलको कारखाना खोल्ने प्रकृया सुरु हुने समेत बताइन् ।