विश्वका मानव समाजले सभ्यता प्राप्त गरी स्थायी बसोबास एवं व्यवस्थित राज्य व्यवस्थाको स्थापना गरेपछि निश्चय नै स–साना धेरै राज्यहरु स्थापना भएको प्रतित हुन्छ । त्यस्तो नभएको भए आज विश्वमा युद्धको तथ्यांक १४ हजार ६ सय कायम गरिएको छ, ती युद्धहरु स–साना राज्यहरुको अस्तित्व मेटेर ठूला राज्यहरुकै निम्ति भएका थिए भन्दा निश्चयनै अतिशयोक्ति हुँदैन ।

युराल पर्वतीयमालाको पश्चिम मैदानी भाग हुँदै वर्तमानको अरव जगत एवम् मानसरोवर उपत्यकाको सभ्यता नै विश्वको सबैभन्दा जेठो सभ्यता हो । त्यही सभ्यताका संवाहक दक्षिणमा गङ्गादेखि कावेरी मैदान हुँदै जावासुमात्रा, ऐरावत उपत्यका र उत्तरमा ब्रम्हपुत्रसम्मको क्षेत्रमा फैलिएको सभ्यतानै ककेश सभ्यता शुरुमा भनिन्थ्यो भने क्रमश कश, खस अनि आएर आर्य सभ्यताका नाम दिइए ।

यस क्षेत्रमा पनि पटक–पटक राज्यक्षेत्रको विकास एवं विस्तार र संकुचन भएको स्पष्ट इतिहास छ । हाम्रा पुर्वजहरुले स्थापना गरेको राष्ट्रको क्षेत्रफलमा १ लाख २५ हजार हिउँका चुचुराहरु थिए । जसको कारण हालको फत्त वंशका राजाहरुले राज्य गर्दा हाल भारतमा परेको उत्तराखण्डको अलमोडा जिल्लामा पर्ने बालेश्वर नामको शिवमन्दिरमा स्थापित विशाल तामाको त्रिशुलमा लेखिएको छ– ‘सपाद लक्ष्य शिखरी खसा धिराज ।’ यो हाम्रो अकाट्य इतिहास हो । प्राचिन नेपालको क्षेत्र यति विशाल थियो भने किरातवंशको सातौं शताब्दीमा गुरु पदमसम्भव द्वारा लिखित बुद्धको अष्टाङ्ग दर्शनलाई गङ्गा रानाले विस्तृत व्याख्या सहितको अनुवाद गरेका थिए भन्ने कुरा लाह्साको पोतला दरवारको दक्षिणढोकाको दाहिनेपट्टीको दाहिने शिलालेखमा उल्लेख गरिएको छ– ‘नेपाल देसे मरस्याङ्दी तटग्राम निवासी गङ्गा राना ऐन लिखित मिद पारिताम् ।’

फत्त वंशका खसहरुके ‘सपात लक्ष्य सिखरी खसा धिराज’ भनेको विशाल नेपाल एक, एल्मबर वंशका किराती सम्राटहरुको विशाल नेपाल दुई, लिच्छवीकालिन विशाल नेपाल तीन, मल्ल वंशका यक्ष मल्लको विशाल नेपाल चार, खाण बंशका (कुसुण्डा बंशका) गोरखाली राजा नरभूपाल शाहका जेठा छोरा पृथ्वीनारायण शाह र उनकी बुहारी राजेन्द्रलक्ष्मी साथै कान्छा छोरा बहादुर शाहसमेतको नेतृत्वमा नेपाली जनताले लडेर बनाएको अर्थात् ८४ टुक्रामा खण्डित नेपाललाई पाँचौ एकीकरणमार्फत विशाल नेपाल बनाएका थिए । पृथ्वीनारायण शाहका नाति रणबहादुर शाहको कुबुद्धिले भिमसेन थापा पदासिन भए उनि पदासिन हुनका लागि ९३ जना एकीकरणका योद्धाहरुलाई निर्र्ममतापूर्वक हत्या गरे । जसको कारण विशाल नेपालको रक्षक शक्ति ध्वस्त हुन पुग्यो र बचेको शक्ति पनि बिभाजित भयो ।

जसअन्तर्गत सन् १८०७ मा बडाकाजी अमरसिंह थापाले मैत्री तथा वाणिज्य सन्धी गरेर कागडाबाट काठमाडौं आए । त्यसभन्दा पहिल्यै सन्धीपत्र र भिमसेन थापाको काँचो वुद्धिको पछाडी नलागिबक्सन भनेर लिखितपत्रसमेत अमरसिंह थापाले पठाएका थिए । यहाँ आइपुगेपछि ‘त मलाई खटन पटन गर्ने’ भनि अमरसिंह लाई राजा रणबहादुर शाहले गाली गरे परिणामतह बडाकाजी अमरसिंह थापा गोसाइकसण्डमा गएर आत्महत्या गरे ।

यही मौका छोपेर अङ्ग्रेजहरुले सन् १८१४ मा नेपाललाई पाँचठाउबाट आक्रमण गरे । कोशीदेखि पश्चिम हाम्रो हार भयो । जसको कारण दवेको अवस्थामा एकतर्फ सुगौली सन्धी २ डिसेम्वर सन् १८१५ मा प्रस्ताव ग¥यो त्यो पनि अङ्ग्रेजको हात विक्री भइसकेका चन्द्रशेखर उपाध्ययले सुगौलीबाट बुझेर मकवानपुर ल्याई गजराज मिश्रलाई बुझाए । जुन सन्धीमा राप्तीदेखि पश्चिमको सम्पूर्ण तराई भू–भाग एवम् महाकाली नदी पश्चिमको भू–भाग सबै अङ्ग्रेजलाई दिनुपर्ने लेखिएको थियो । राप्तीपूर्वको तराई मेचीसम्म पनि अङ्ग्रेजलाई दिनुपर्ने तर, यो वापत वार्षिक २ लाख रुपैया नेपालसरकारलाई दिने मेचीपूर्वको हिमालदेखि तराई जस्तै सिलगुडी, गलगलिया, जलपाइगुडी, न्यू जलपाईगुडी, नाग्राकाटा, नाग्राकाटा भञ्जायङ एवम् सम्पूर्ण पहाडी क्षेत्र यो सबै सदाकालागि उनिहरुको हुने । नेपाल सरकारले ४ मार्च १८१६ मा हस्ताक्षर ग¥यो । तर, मेची राप्ती बीचको तराई जसलाई २ लाख दिने भनेको थियो त्यो हामिलाई चाहिदैन भनेर नेपालले जवाफ पठाएको थियो । नेपालको राजालाई साह्रै चित दुखेछ भनि गण्डक देखि मेचीसम्मको तराई जो वर्तमान हामीसँग छ सेप्टेम्वर १८१६ मा फिर्ता गरेको छ । त्यो फिर्ता दिए भनि लेखिएको पत्रमा पश्चिम तमपारन, पूर्वी चमपारन, साहरन, वेतिया र विवादित २२ मौजा एवम् सम्पूर्ण त्रिहुत क्षेत्र हिजो तिम्रै भएता पनि फिर्ता दिंदैनौं भनिएको छ ।

सन् १८६० को सन्धीले गण्डक देखि महालाीसम्मको सम्पूर्ण तराई फिर्ता गरिएको छ । १८६० सन्धीको दफा १ अनुसार…All Treaties and engagements now in force between the British Government and the Maharajah of Nepal, except in far as thy may be alterd the Treaty, are hereby confirmed.’ त्यस्तै दफा २ मा पनि लेखिएको छ– …The British Government hereby bestows on the Maharajah of Nipal in full sovereignty, the whole of the low lands between the rivers Kali and Raptee. and the lowlands. Lying between the River Raptee and the District of Goruckpore, which were in the possession of the Nipal state in year 1815, and were ceded to the British Government by Article 111 of the Treaty concluded at Segowlee on the 2nd Decmber in the year.’महाकाली नदीको हैशियत के हो भन्ने कुरा सुगौली सन्धीको दफा ५ ले स्थापित गरेको मान्यता नै मूल मान्यता हो । त्यस सन्धीमा किटानीसाथ लेखिएको छ– ‘यस भन्दा अगाडी नेपालको सिमाना पूर्वमा टिष्टादेखि पश्चिममा किल्ला कांगडासम्म थियो २ डिसेम्बर १८१५ मा साम्रज्यवादी अङ्ग्रेजहरुबाट पेस गरिएको र ४ मार्च १८१६ मा दरवारले हस्ताक्षर गरेको सुगौली सन्धीको धारा ५ मा कालि नदिको विषयमा यसरी लेखिएको छ– ‘The Raja of Nepal renounce himself, her hiers and successors all claim to or connextion with the counties lying west of the river Kali…..’
‘नेपालका राजा, उनका वंशज तथा उत्तराधिकारीहरुले काली नदी भन्दा पश्चिममा रहेका मुलुकहरुको दाबी तथा सम्बन्ध त्याग्नेछ…….’ जस अनुसार कुनै पनि सन्धी सम्झौताबाट नेपालको महाकाली नदीको पूर्व स्वामित्व त्यागेको आधार कतै छैन ।

सन् १८२८ देखि १८३२ सम्म सर्वेयर जनरल अफ इण्डिया रहेका मिस्टर जेवी टासनको १८३७ मा प्रकाशित ‘वाटर ड्रिनेज अफ कुमाउ’ नामको पुस्तकको पेज नं २१ बाट स्पष्ट हुन्छ जसमा लेखिएको छ– ‘जोलिङकङ्ग हिमालको फेदीमा रहेको हिमताल जसको नाम विन्ती ताल भन्निछ त्यसैबाट निस्केको नदी नै मूल महाकाली नदी हो । त्यसै तालको पश्चिम किनारमा १ हजार वर्ष पहिल्यै देखि बनेको महाकालीको मन्दीर भएका कारणले नदीको नाम महाकाली रहन गएको हो ।’ उक्त पुस्तकबाट पनि के स्पष्ट हुन्छ भने महाकाली नदीको उदगमस्थल विन्ती ताल हो । साथै हाम्रो डोट्याली भाषामा कालीलाई धौली भनिन्छ । त्यही शब्दको गलत अर्थ लगाएर यो नदीको नाम धौली हो र तिमीहरुको काली यो होइन भन्ने अर्थमा मिचेर कब्जा गरेर बसेको छ । त्यही कालीको दर्शन गर्न मानिसहरुको आवागमनको बाटो मन्दीरको पूर्वपट्टी छ जसलाई लिमपियाधुरा मञ्जयाङ भनिन्छ । त्यस मञ्जयाङको पश्चिमको पानी ढलो भू–भाग हाल भारतीय कब्जामा रहेको पिथौडागढ जिल्ला हाम्रो दार्चुला जिल्ला र उत्तर पट्टी चीनको भू–भाग त्यसै ठाउँमा हाम्रो त्रिदेशिय विन्दुमा राखिएको सीमा स्तम्भ २०१६ सालसम्म थियो हाल फ्याकिसकेको हुनुपर्छ । किनकी त्यस क्षेत्रको नेपालीहरुको नाममा दर्ता भएको साविक वैतडी हालको दार्चुला मालपोतको उतार नक्सा मै छ ।
तर, विस्तारवादी भारतले हाल लिम्पियाधुरा विन्तीताल देखि लिपुभञ्जयाङसम्मको ३७२।१० वर्ग किलोमिटर करिव ललितपुर जिल्ला पुरै ९ललितपुर जिल्ला ३८५ वर्ग किमी रहेको छ ।० जति अर्थात ३ वटा भक्तपुर जिल्ला जति ९भक्तपुर जिल्ला ११९ वर्ग किमी रहेको छ ।० भू–भाग हाल भारतिय आर्मिको कब्जामा छ जुन नक्सा नं।–३ अनुसूचि– ४ मा देख्न सकिन्छ ।

जुन अतिक्रमित भूमीमा भारतीयले कब्जा गरेको मात्र नभई स्थाई ब्यारेक समेत बनाएर बसेको छ ।
जीवीटासनको पुस्तक मैले २०५२ सालमा पुरातत्व विभागमा पढेको थिएँ । पुरातत्व विभाग जस्तो कार्यालयमा अहिले पनि हुनु पर्दछ । साथै जोगराफिकल एशोसिएसन अफ इण्डिया अर्थात भारतीय भूगोलविद्हरुको संगठनले २०५० सालमा निकालेको करिव ७ सय पेजको किताब छ त्यस पुस्तकमा पनि सौका भाषामा कुटी भनिएको बजाङ्, बाजुरा, दार्चुला, डोटी, वैतडी क्षेत्रका मानिसहरुको बोलचाल भाषामा भनिएको धौलोगाड भारतियहरुले भनेको धौलि गङ्गा नै महाकाली नदी हो । भन्नेकुरा प्रमाणित गरिएको छ ।

४ मार्च १८१६ म अनुमोदित सन्धीलाई ९ महिना पछि अङ्ग्रेजहरुले वार्षिक २ लाख रुपैयाँ तिर्ने गरी लान खोजेको भू–भाग नेपालको राजाले चित दुःखायो भनेर उनीहरुले ९अङ्ग्रेजले० फिर्ता गरेपछि मात्र वर्तमान नेपालको सीमा रेखाङ्कन गरियो । जस्तै सूदुर पश्चिममा सन् १८६० पछि गण्डक देखि महाकालीसम्मको सिमाङ्कन गरिएको छ । कञ्चनपुरम पश्चिम पनि । यसबाट ४८ प्रतिशत नेपाली भूमि कथित सुगौली सन्धी अन्तर्गत गुमाएर सही सिमाङ्कन जङ्गबहादुरकै समयमा भएको प्रष्ट देखिन्छ । त्यसै कारण होला हाम्रा ९९६ सीमा स्तम्भहरुलाई जङ्गे पिलर भन्ने गरेको ।
सिमाङ्कन पछि जङ्गबहादुरले अमिनि गोश्वरा नामक सीमा रेखदेखको भिन्नै विभाग कायम गरेका थिए । जसको कार्यलय हनुमान ढोका हालको कम्पोकोत मा थियो । त्यसवेला नेपालको जिल्लाको सङ्ख्या ३२ रहेको थियो । ३२ जिल्लाका मृख्य प्रशासकलाई बडाहाकिम भन्ने गरिन्थ्यो । हरेक सीमा जोडिएका वडाहाकिमको कार्यलमा अमिनि शाखा कायम गरिएको हुन्थ्यो । अमिनहरुको शाखाको प्रमुख मुन्सी नामको पद थियो । त्यसले छिमेकका देशको भाषा बोल्न र लेख्न सकने हुनु पथ्र्यो । उसको मातहतम ठूलो जिल्लामा ५ र सानो जिल्लामा ३ जनासम्म अमिन राख्ने गरिन्थ्यो । साथमा पुलिसहरु पनि रहन्थ्ये । जसको काम कतव्र्य आफ्नो सीमा निरीक्षण र रक्षा गर्नुहुन्थ्यो । प्रत्येक वर्ष सीमा क्षेत्रको नक्सा तयार गरी दुई प्रति केन्द्रमा पठाउने र एक प्रति आफ्नो कार्यलयम राख्ने परम्परा कायम थियो । त्यसै कारण राणा कालमा कुनै सीमा अतिक्रमण भएनन् ।

वि.सं २००७ साल पछि २००८ साल मङ्सीर १ गते मात्रिकाप्रसाद कोइरालाको अध्यक्षतामा मन्त्रीपरिषद बन्यो । उनले भारतसँग पाँच ओटा सन्धी गरे जसमध्ये एउटा थियो– नेपाल अधिराज्यको आधुनिक नाप नक्सा गर्ने । त्यस नाप जाँचको निमित्त हामीसँग भएका नक्साहरु नयाँ नापीका आधारका लागि आवश्यक पर्ने भनेर भारतिय टोलीले माग्यो र दिइयो । जुन हामीलाई पछि र्फिता गरिएन । २०१२ सालबाट काम गरेर २०१८ सालसम्म नाप नक्साको काम सकियो तर नयाँ नक्सा पनि हामिलाई दिइएन । वि।सं। २०३५ सालमा राजा वीरेन्द्रले भारतको जनता पार्टी सरकारका परराष्ट्र मन्त्री अटल विहारी बाजपेयी नेपाल भ्रमणम आउदा ‘नक्सा हामीलाई किन न दिइएको हो’ भनेर जिज्ञासा राखेपछि राजासँग भेटको बेला साथमा रहेका भारतिय राजदूतलाई बाजपेयीले ‘तपाईंले अहिले जानुस आजै मलाई किन नबुझाइएको हो त्यसको कारण सहित पूर्ण जानकारी दिनुस’ भनी पठाए । त्यसै दिन बेलुका जवाफ आयो ‘नेपालले प्रिन्टङ चार्ज नतिरेकोले नदिइएको हो’ भन्ने । त्यसको भोलिपल्ट नै दूतावासमा लगेर बुद्धिनारायण श्रेष्ठले ६७ हजार भारतिय रुपैया बुझाए केही दिन पछि नक्साहरु आयो ।
पूर्व माने भञ्ज्याङदेखि झापाको बनियानी, सुन्सरीको विरपुर, भिमनगर, कुटकी कटइया र शिवनगर एवम् सप्तरीके सखडा क्षेत्र, कालापानी क्षेत्र, टनकपुर बनवासा त्यस्तै कैलालीको चोहेलिया, सर्ति, विरानाला, नवलपरासीको सुस्तासमेत २२ ठाउँको नक्सा हरायो भनेर दिइएन ।

राणाकालम अधिकारीकरुपमा कुनै भूमि मिचिइएको थिएन । सन् १९१० मा महाकाली नदी टनकपुर दक्षिण साविक बनवासा हुँदै सैलानी, गोठ क्षेत्रबाट बग्नृ गदथ्र्यो भने त्यसै बर्षको बर्षातमा नेपाल भित्र पसेर हाल शारदा ब्यारेज भएको ठाउँ देखि दोधारा र चादनी हाम्रा २ गाविस पारी पर्ने गरी पस्यो । अङ्ग्रेजहरुले बनबासा देखि ७ माइल तल सैलानी गोठम बाध बनाउने तयारी गरेका थिए । जहाँ नदीले ठाउँ छोडेको कारण उनीहरुले बनाउन पाएनन् । सन् १९१३ देखि १९२० सम्म हरेक वर्ष शारदा ब्यारेज नेपाल भित्र बनाउने र त्यस आस पासको चारहजार एकड भूमि ७० वर्ष पछि र्फिता लिने अथवा नेपालले सट्टा भर्ना चाहेम सट्टा पट्टा गर्ने सर्त सहित चन्द्रशमशेरले सन् १९२०मा चार हजार एकड भूमि उल्लेखित अवधिका निमित्त दिने शर्तमा मञ्जुरी दिएका थिए । त्यसैको आधारम ४ हजार ९३ एकड भूमि उनिहरुले उपयोग गरेर शारदा ब्यारेजको निमार्ण गरे ।
नेहरुको समयदेखि इन्दीरा गान्धीकाृ समयसम्म भारतको तर्फबाट मग गरिएका ४ ओटा क्षेत्र कोशी, गण्डक, जलकुण्डी राप्ती र पञ्चेश्वर महाकाली रहेका थिए । इन्दीरा गान्धीले यहाँसम्म भनेकी थिइन– ‘पञ्चेश्वर सम्झौता गरौ विश्वेशवर लगायत निर्वासनम भएका सम्पूर्ण नेता पक्रेर फिर्ता दिन्छु ।’ तर, नेपालले दिएको थिएन । गण्डक कोशी बाहेक । पञ्चायतको समाप्तीपछि टनकपुर र पञ्चेश्वर तात्कालिन २०४७ सालको संविधानको तफा १२६ मा एक इञ्च पनि भूमि खण्डित हुने गरी कही कसैले सन्धी–सम्झौता गर्न पाउने छैन् । स्पष्ट लेखिएको छ ।

वि।सं। २०५१ साल कार्तिकको निर्वाचन पछि मनमोहन अधिकारीको नेतृत्वमा एमालेको सरकार बन्यो त्यसका उपप्रधान तथा परराष्ट्र मन्त्री माधवकुमर नेपालले बहुउद्देश्य पञ्चेश्वर परियोजना भनि सन्धी गर्ने प्रस्ताव गरे । यदि माधव नेपालले त्यो सन्धी गर्ने अवसर पायो भने काँग्रेसको हातमा कहिल्यै सत्ता आउँदैन भन्ने गलत सोच बनाएर नेपाली काँग्रेसले एमालेको सरकार हटाई शेरबहादुरको नेतृत्वमा काँग्रेसको सरकार गठन ग¥यो । जसमा ३७२।१० वर्ग किलोमिटर कालापानी क्षेत्र भारतको अतिक्रमण कब्जामा छ । साथै गिरिजा प्रसाद कोइरालाले असंवैधानिक तवरले गरेको टनकपुर सन्धीमा २१३ हेक्टर नेपाली भूमीको अस्तित्व मेटीएको छ । ४०९३ ऐकड भूमि फिर्ता हुनु पर्ने त्यसलाई पनि नाम निसाना मेटेर ‘पञ्चेश्वर एण्ड इन्कुलुडिङ टनकपुर और शारदा’ भनि सम्पूर्ण भूमि परित्याग गर्ने गरी सन्धी शेरबहादुरको सरकारले ग¥यो । जुन कुरा नेपालको कानुन र संविधानले कतै दिदैन ।

कालापानी क्षेत्रमा भारतीय पक्षले टिङ्कर नदीभन्दा माथि लिपु मञ्जयाङ् भन्दा तल पङ्खा गार्ड भन्ने सानो खोला रहेको छ त्यसै खोलोको मुहानमा खनेर एउटा पोखरी बनाएका छन् । त्यहाँ कालीको मन्दीर पनि निर्माण गरेका छन् । त्यो देखाएर नेपालीहरुलाई भन्ने गरेका छन्– ‘तिमीहरुको विन्तीताल पनि यही हो काली पनि यही हो । यो बर्बतालाई सहेर खुम्चिनु भनेको प्रत्येक नेपालीले म नेपाली हुँ भनेर गर्भ गर्नु धिक्कार छ । अञ्जान नेपालीहरुको के कुरा रु हाम्रा त प्रधानमन्त्री समेतले त्यो भूभाग हाम्रो होइन भनेर सञ्चारजगतमा सार्वजनिक गर्छन्, सबैभन्दा ठूलो धिक्कार त देश सञ्चालनको ठेक्का लिएका सुशील जीलाई नै भन्नु प¥यो नि ।