काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ७५ हजार ३ सय १० पुगेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ३११ जनाको पीसीआर परीक्षण गरिएकोमा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ।

पछिल्लो २४ घण्टामा ७५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७१ हजार ४०१ पुगेको छ ।

हाल देशभर ८९५ जना आइसोलेसनमा र ४४ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।