सुदूरपश्चिमेली भाषामा आधारित चलचित्र माउडेको टिजर सार्वजनिक भएको छ ।

दुनिर मस्ता फिल्मसको प्रस्तुति र कलाकार जीवन सिँह ठकुरीको निर्देशनमा रहेको उक्त चलचित्रको टिजर सोमबार सार्वजनिक भएको हो । करिब १० लाख लागतमा बनेको सो चलचित्र ‘एक्सन लभ स्टोरी’मा आधारित रहेको निर्माता सिँहले जीएनएन नेपाललाई बताए ।

चलचित्रको निर्मातामा जीवन सिँह ठकुरी र सुरज भण्डारी रहेका छन् । यस्तै सहनिर्मातामा राज ए भाट र दामोदर साउद छन् । चलचित्रको छायाङ्कन, सम्पादन, कथा/पटकथा, संवाद र निर्देशन सिँह आफैंले गरेका छन् । बैशाख अन्तिम सातादेखि चलचित्र सुदूरपश्चिमभरी प्रदर्शनमा आउनेछ । चलचित्रमा नरेश सिँह, मनिषा बोहरा, इशा बम, सुरज भण्डारी, लाल बहादुर थापा, हर्क बहादुर क्षेत्री, अशोक चन्द लगायतको अभिनय रहेको छ ।