
काठमाडौं। नेपालमा पछिल्लो २४ घन्टामा थप ९४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै, पछिल्लो २४ घन्टामा थप ५५ जना डिस्चार्ज भएका छन्। योसहित निको हुनेको संख्या २ लाख ७१ हजार ५५० पुगेको छ।
यस्तै मन्त्रालयका अनुसार ९५४ जना कोरोनाका सक्रिय संक्रमित छन्। बुधबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हाल कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १४ पुगेको छ।


जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्