सर्वोच्च अदालतको आदेशसँगै नेकपाको आधिकारिकता समाप्त भएसँगै तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँतिएका छन्। अहिले केही शीर्ष नेता देखि तलको कार्यकर्ता सम्मैले मान, मर्यादा इज्जत र प्रतिष्ठाको ख्याल हुनुपर्छ भन्ने कुरा निकै पर पुगेपछि फेरी याद गराइदिएको छ । केही  हप्ता अगाडी मात्र नेताहरूको आरोप प्रतिआरोपको भाषण सुनेर ताली बजाउने सबैले अब भने ख्याल पुर्‍याउनै पर्छ।  पार्टीबाट विभाजित भएर गएको समूह पार्टीमा फर्कँदै गर्दा अनुशासनको पाठ र परीक्षा बाट शुद्धीकरण हुन सकेन भने झन् ठुला सङ्कट पनि आउन सक्छ तसर्थ पहिलो कुरा शुद्धीकरण जरुरी छ।

नेतालाई जे जे गरे पनि छुट हुने राजनीतिक परम्परा तोडिनु पर्छ।  नेताले गाउँ घर सडकमा अपमानित हुनु पर्दैन। हिजोको नेताको बोलीले तल भुईँका कार्यकर्तालाई त्यसको असर कस्तो परेको छ भन्ने कुराको पीडा, आपत् र आक्रोशलाई नबुझ्ने कुनै नेताको काम छैन। अब पनि अवसरवादीहरूसँगको सम्झौता भित्र अनुशासन र नैतिकताको समुचित फैसला गरिनुपर्छ।

तलका कार्यकर्ता पङ्क्तिबाट बिचार नीति सिद्धान्त अनुशासनको बहस अन्तरक्रिया बिना माथिल्लो दर्जाका नेताहरूको मनलागि गरिने एकताको परिणाम हो अहिलेको अवस्था तसर्थ संगठनिक एकताका लागि पहिला प्रशिक्षित हुनु पर्छ साथै पार्टीमा योग्य र सक्षमता र उसको मेहनत मध्यनजर गरेर जिम्मेवार दिने र नेतृत्वको विकास गरिनु पर्छ।  यसरी नेताको मनलाग्दिले गरिने समूहगत तथा पार्टीगत एकताले प्रतिकुलतामा ठुलो झमेला उत्पन्न गरेका धेरै दृष्टान्तलाई हरेर त्यस बाट पाठ सिक्न सक्नुपर्छ।

नेता, नेतृत्व भित्रि विचार नीति भन्दा पर गएर गरिने नेतृत्वलाई  खुइलाउने काम अन्त्य हुनु पर्छ। अनुशासन नहुँदा अराजक जन्मन्छ अराजकताले नैतिकता गुमाउन पुग्छ तसर्थ हामी बिचमा रहेका समूहगत तथा गुटगत राजनीति भित्रका नेता कार्यकर्ता फरक समूहका नेतालाई खुइलाउने र चर्चामा आउने नराम्रो नजिर सधैँका लागि बन्द गरिनुपर्छ र आलोचना बहस लाई पार्टीले अनुशासनमा रहेर हल गर्नुपर्छ। नेता कार्यकर्ता भित्र अनुशासनको पारस्परिक सम्बन्धले मात्र पार्टी जीवन्त नैतिकवान् राख्न सकिन्छ तसर्थ नेतृत्वले बुझ्न सक्नु पर्छ।

बीरबल खड्का