विश्वभर यस हप्ता विभिन्न घटनाहरू घटे जसलाई फोटो पत्रकारहरूले आफ्नो क्यामरामा कैद गरेका छन्। यो साताका केही प्रभावकारी तस्वीरहरू बीबीसीले प्रकाशन गरेको छ।

यस्ता छन्‌ तस्वीरहरू :

चिनियाँ शहर बालुवाको तुफानबीच एक साइकल चालक।

हालसालै चीनको राजधानी बेइजिङमा एउटा ठूलो आँधीबेहरी आएको थियो, जसलाई चीनको मौसम विज्ञान विभागले विगत दशकको सबैभन्दा शक्तिशाली आँधी भएको बताएको छ। आँधीका कारण बेइजिङ शहरमा वायु प्रदूषण सामान्य सीमाभन्दा लगभग १६० गुणा बढी भएको छ।

चाओ फाराया नदीमा हात्तीहरूसँग रमाइलो गर्दै किशोर।

यो तस्वीर ‘राष्ट्रिय हात्ती दिवस’ को अवसरमा थाइल्याण्डमा लिइएको थियो।

म्यानमारमा सेनाको गोलीबाट मारिएकालाई श्रद्धाञ्जलि दिइँदै।

म्यानमारको यगुनगो शहरमा मानिसहरूले प्रदर्शनमा सामेल भएका केही व्यक्तिको मृत्यु भएको छ। उक्त ठाउँमा मैनबत्ती बालेर उनीहरूलाई श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

एक किसान जसले सेनेगलको सान्दाबा तालबाट नुन निकालेका छन्। उक्त ताललाई ‘पिंक लेक’ भनिन्छ। धेरै नुन भएका कारण यस ताललाई गुलाबी ताल पनि भनिएको हो।
यो व्यक्तिको श्रृंगार होइन, तर रोबोटको लागि डिजाइन गरिएको अनुहार हो। यो रोबोट रूसी कम्पनी ‘प्रोमोबोट’ द्वारा तयार गरिएको हो।
स्वीट्जरल्याण्डका स्कूलले विद्यार्थीहरूले स्कूलको प्रोजेक्टको सम्बन्धमा मानिस कसरी मंगल ग्रहमा जान्छन् भन्ने बारे अभ्यास गरेका छन्।

यो तस्वीर सिरियाको एक प्रमुख शहर हो-रक्का। जुन अहिले ‘भग्नावशेषको शहर’ को रूपमा पनि चिनिन्छ। तीन वर्ष अघि कुर्दिश सेनाले उक्त शहरलाई चरमपन्थी समूह इस्लामिक स्टेटको कब्जाबाट मुक्त गरेको थियो। ५० वर्षीय अब्दुल हामीद हानाले यी परेवा पालेका छन्।

१४ वर्षीय ‘बाइकल’ नामको बाघको तस्वीर हो। जुन फ्रान्सको चिडियाखानामा रहेको छ। बाघको दाँतमा संक्रमण भएको थियो। जसलाई शल्यक्रिया गरेर उपचार गरिएको छ।

जापानको टोकियो शहरमा आयोजित गरिएको इन्टरटेटीभ कार्यक्रममा आफ्नो कला देखाउन प्रदर्शनीमा हिँडिरहेका व्यक्ति।​