काठमाडौँ । आहिले सामाजिक सञ्जाल ट्वीटरमा ‘आइ एम विथ पठाओ’ अभियान ट्रेन्डिङ्ग आइरहेको छ। राइड सेयरिङ एप पठाओ बन्द गर्न लागिएको हल्लाकाबीच ट्विटरमा ‘आइ एम विथ पठाओ’ अभियान ट्रेन्डिङ्गमा आएको हो।

ट्याक्सी व्यवसायीहरुले आफूहरुको पेशा नै संकटमा पर्न थालेकाले पठाओको विरोध गरिरहेको समयमा सस्तो र भरपर्दो सेवा दिइएरहेको पठाओ बन्द गर्न नहुने भन्दै ट्वीटरमा ‘आइ एम विथ पठाओ’ अभियान छेडिएका हो।

ट्याक्सी व्यवसायी र पठाओ राइडर बीच विवाद बढेपछि बुधबारदेखि पठाओकाे पाेशाक लगाएर सडकमा ननिस्कन राइडरहरुलाई प्रहरीले चेतावनी दिएकाे छ। धेरैले प्रहरीकाे याे कदमलाई पठाओ बन्द गर्न लागिएकाे रुपमा बुझेका छन्।

तर ट्याक्सी भन्दा निकै सस्तोमा सेवा पाइरहेकोले पठाओलाई कुनै हालतमा बन्द गर्न नहुने भन्दै ट्विटरमा सुरु भएको ‘आइ एम विथ पठाओ’ अभियान ट्रेन्डिङमा परेको छ।

ट्विटरमा रञ्जितले लेखेका छन्, ‘कलङ्कीबाट रानीबन पुग्नु पर्ने। साँझको बेला। पानी परिरहेको थियो। पठाओ बोलाँए। दाजु एक्स्ट्रा रेनकोट लिएर आए र घरसम्म पुर्याइदिए। कानुनले रोक्छ भने कानुन फेर, संविधानले रोक्छ भने संसोधन गर, तर जनतालाई सजिलो हुने कुरामा ल्याङल्याङ नगर।’

अर्का प्रयोगकर्ता सनम चित्रकारले लेखेका छन्, ‘आज बिहान मात्र एअरपोर्टबाट ६-८०० को माग गर्दै ब्याग खोस्न खोज्ने ट्याक्सीको सट्टा पठाओ गरेर ३०० मा बिना झन्झट माली गाउँ पुगियो!

अलि अलि सुबिधा भएको थियो, त्यसमा सरकारले थाहा पाइहाल्यो !

कसले भन्छ सरकारको अनुगमन कम छ भनेर?’ #IamWithPathao

पुण्य भण्डारी नाम गरेका ट्विटर प्रयोगकर्ताले लेखेका छन्, ‘मेरो एक साथी दृष्टिविहिन हुनुहुन्छ ! वहाँ घर देखी अफिस र अफिस देखी घर सधै पठाओ बाट सजिलै आउजाउ गर्नु हुन्छ !’ #IamWithPathao

अनिल बरालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै लेखेका छन्, ‘अस्ति बिहान अस्पताल जाने क्रममा बाटोमा अस्पतालको गाडि बिग्रियो। वरीपरी ट्याक्सी पनि थिएनन्। पठाओ बोलाएँ, सजिलै धुम्बाराहीबाट पुल्चोक १६५ रुपैयाँमा पुगियो। यो सेवा बन्द कुनै हालतमा हुनु हुँदैन।’

सृजना भुसाल लेख्छिन्,
#IamWithPathao
बानेश्वर ट्याक्सी : रु 1000 दिनु न जाम पर्च यस्तो
Pathao ट्याक्सी : रु 407
Pathao मोटरसाइकल :163
लुटेरा ट्याक्सी बन्द गरौ ,ट्याक्सी बहिस्कार गरौ