शरीरमा सेतो कपडा
नाक कानमा कपास
किन पो नाङ्गै म ?
सुत्या छु भुईँमा
हेर्दै छु तँलाई
किन पो रुँदै त ?
ए ! हर्केकी आमा किन पो रुँदै त ?

पिडामा बसेकी उदास तिमि
आँसुका ढिका नझार आमा
किन पो रुँदै हे मेरी आमा ?
जिउँदै छु अझै म !!

हे बुबा तिमीले काँधमा बोक्या
अझै छ याद मलाई
नरोऊ बेसी हात समाई मेरो
बिन्ती छ हजुरलाई

मेरो प्यारो हर्के नि लाठो भो अब
बुबालाई याद गर्न सक्छ है ?
ए हर्के मलाई पोलिदे अब नरोई बस है
जाँदै छ बुबा अत्यन्त टाढा
सधैँभ अमर भई !!