स्पेनिस ला लिगाअन्तर्गत शुक्रबार राति भएको एक मात्र खेलमा हुइस्का विजयी भएको छ। लेभान्टको घरेलु मैदानमा भएको खेलमा हुइस्काले २–० को जित निकालेको हो।

लेभान्टेविरुद्ध जित निकालेको हुइस्का २४ अंकका साथ तालिकाको पुछारबाट तेस्रो स्थानमा रहेको छ। पराजित लेभान्टे भने ३५ अंकका साथ तालिकाको १०औँ स्थानमा छ।

ला लिगामा शनिबार राति तेस्रो स्थानको रियल मड्रिडसँगै ग्रानाडा तथा गेटाफेलगाएतका क्लबले प्रतिस्पर्धा गर्नेछन्। आजको खेलमा जित निकाल्न सके रियल बार्सिलोनालाई पछि पार्दै तालिकाको दोस्रो स्थानमा उक्लनेछ।

एजेन्सी