काठमाडौँ। साताको दोस्रो कारोबार दिन आज (सोमबार) नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार रु २०० घटेर तोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आइतबार तोलामा १२४० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १२३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।