काठमाडौं । जनआन्दोलन दिवस (चैत २४) को कार्यक्रममा सहभागी हुन  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मंगलबार रुकुम पश्चिम गएका छन् । प्रचण्डले जिल्ला सदरमुकाम खलंगामा हुने पार्टीको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सो कार्यक्रममा पूर्वमन्त्री तथा माओवादीका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रभाकर रुकुम पश्चिमका निर्वाचित जनप्रतिनिधि समेत हुन् । 

जनआन्दोलन दिवसको अवसर पारेर माओवादी केन्द्रले  रुकुम पश्चिममा जनसभाको आयोजना गरेको हो ।