
काठमाडौं । विभागिय टिम नेपाल पुलिस क्लवलाई हराउँदै न्यु डायमण्ड क्लव आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लव लिग भलिबल च्याम्पियनसिपको महिलाको शिर्ष स्थानमा उक्लिएको छ ।
यसका साथै उसले यो जितसँगै फाइनलमा पुग्ने संभावना पनि जिवितै बनाएको छ ।राखेपको कर्भडहलमा भएको खेलमा न्यु डायमण्डले पुलिसमाथि तीन शुन्यको सोझो सेटमा हरायो । जसमा उसले पुलिसमाथि २५–२२, २५–२२ र २५–१६ को सेटमा पराजित गर्यो ।
पहिलो र दोस्रो सेट २५–२२ ले जितेको न्यू डायमण्डले तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको थियो । यो जितपछि न्यु डायमण्डले पाँच खेलमा ११ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको एपीएफको पनि समान ११ अंक छ भने पुलिसको आठ अंक छ ।


जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउन सक्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्