
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभामा विजयी ४ सांसदको पद निलम्बन भएको छ ।
उनीहरुलाई निलम्बन गरिएको पत्र संसद सचिवालयमा दर्ता भएको बताइएको छ । मन्त्री रामबहादुर थापा बादलबारे कारबाही गरेको पत्र भने माओवादीले सचिवालयमा दर्ता गराइसकेको छैन । सांसदहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरी शंकर चौधरीलाई पार्टी सदस्य र सांसद समेत नरहने गरी कारबाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गरिएको छ ।
चारैजना सांसदहरु हाल केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा एमालेमा रहेका छन् ।


जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउन सक्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्