काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको सञ्चालकमा व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष किशोर प्रधानलाई नियुक्त गरेको छ।

सरकारले मोरङका प्रधानलाई मंगलबार नेपाल वायुसेवा निगमको सञ्चालकमा नियुक्त गरेको हो। प्रधानलाई सञ्चालकमा नियुक्त गरिएको पर्यटनमन्त्री भानुभक्त ढकालको सचिवालयले जानकारी दिएको छ। उनको कार्यकाल ४ वर्षको हुनेछ।

प्रधान केही दिनअघि नेकपा एमालेमा प्रवेश गरेका थिए। उनीसहित दुई सयभन्दा बढी व्यवसायी एमालेमा प्रवेश गरेका थिए।