
जनकपुरधाम । धनुषामा प्रहरीलाई घुस रकम दिन खोजेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । जुवातास खेलाउने वातावरण मिलाइदिनु भन्दै प्रहरीलाई घुस रकम दिन खोजेको आरोपमा एकजनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका वडा नम्बर २ का ३७ वर्षिय मुकेश पुर्वे रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरिक्षक अशोक कुमार झाले जानकारी दिए ।
पुर्वेले इलाका प्रहरी कार्यालय ढल्केवरका एक प्रहरीलाई जुवातास खेलाउने वातावरण मिलाइदिनु भन्दै १४ हजार रकम घुस दिन खोजेका थिए । पक्राउ परेका पूर्वे जुवातास खेलाउने व्यवसायी रहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक तीर्थकुमार कार्कीले बताए ।
प्रहरी निरिक्षक कार्कीका अनुसार जुवातास खेलाउन दिनु भनी प्रहरीलाई घुस दिन खोजेपछि पुर्वेलाई ढल्केवरको एक होटलबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका पुर्वेमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।


जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्