काठमाडौं । नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज एकसाथ सञ्चालन भइरहेको छ । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि देशैभरि मतदान जारी रहेको छ ।

केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति छनोट गर्न बिहान ९ बजेदेखि मतदान सुरु भएको हो ।

देशभरका १३ हजार १ सय ८० पत्रकारहरुले आजको चुनावमा भाग लिनेछन् । पहिलोपटक महासंघले प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नेतृत्व छान्न लागेको हो । अध्यक्ष पदका लागी विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्र बुढाथोकी प्रतिस्पर्धामा रहेका छन् ।