काठमाडौं। एक किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ परेका छन्।

धनुषा घर भएका ३४ वर्षीय प्रकाश महरा उक्त परिमाणको सुनसहित पक्राउ परेको त्रिभुवन विमानस्थलका एसएसपी रजेशनाथ बास्तोलाले बताए। उनी फ्लाइ दुबईको उडानमार्फत् काठमाडौं आएका थिए।

विमानस्थल भन्सार क्षेत्रमा जाँच गर्दा महराको साथबाट पहेँलो धातु बरामद गरेको हो। एसएसपी बास्तोलाले जानकारी दिए अनुसार उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ ।