
काठमाडौँ। अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनी सर्वसाधारणको लागि आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले कुल ३३ लाख ७ हजार ५ सय कित्ता सेयर सर्वसाधारण र स्थानीयका लागि निष्कासन गर्नेछ। कम्पनीको सेयर बिक्री प्रवन्धकका रुपमा एनएमबि क्यापिटल रहेको छ। कम्पनीले कुल २३.५ मेगावाट क्षमताको आयोजना बनाउँदैछ।
योसहित अहिले धितोपत्र बोर्डमा आइपिओ निष्कासनका लागि अनुमति माग्ने जलविद्युत कम्पनीहरुको संख्या १२ पुगेको छ। साहस उर्जा, साम्लिङ पावर, बुद्धभूमि नेपाल, सयपत्री, बलेफी, ग्रीन भेन्चर, हिमालयन, मैलुङ खोला, मध्यभोटेकोसी, न्यादी, विन्ध्यबासिनी हाइड्रोपार आइपिओको तयारीमा छन्।


जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्