गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका दुईजना मन्त्रीले राजीनामा दिएका छन् ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङ समक्ष राजीनामा बुझाएका हुन् । स्रोतका अनुसार बुधबार दिउँसो एक बजेतिर दुबैजना मन्त्रीले राजीनामा बुझाएका छन् ।

पार्टीको निर्देशन बमोजिम उनीहरुले राजीनामा बुझाएका हुन्।

थप:

गण्डकी प्रदेश : माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने

काठमाडौं । गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन् ।

स्रोतका अनुसार माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले राजीनामा दिने तयारी भएको छ ।

बुधबार विहान बसेको माओवादी संसदीय दलको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको स्रोतले बताएको छ ।